इरानमाथि हालसम्मकै कडा प्रतिवन्ध लगाउने अमेरिकी घोषणा

एजेन्सी ८ जेठ  ।

महाशक्ति अमेरिकाले इरानमाथि हालसम्मकै कडा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि प्रतिवन्ध लगाउन लागिएकाे भन्दै बिभिन्न १२ शर्तहरु सार्वजनिक गरेका छन् । यी शर्त पालना नगरे उ विरूद्रध प्रतिवन्ध लगाउने भनेका छन ।

अमेरिकाले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई इरानले अाफनाे पूर्वन्युक्लियर मिलिट्री प्रोग्रामको पूरै जानकारी दिनुपर्ने र परमाणुसम्बन्धी कामलाई सधैंको लागि बन्द गर्नुपर्ने, छिमेकी देशप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने र झूठा आरोपमा पक्राउ परेका इरानमा हराएका अमेरिका र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नुपर्ने शर्तहरु पनि राखेको छ । इजरायललाई ध्वस्त बनाउने तथा साउदी अरब र युएईमा मिसाइल प्रहार गर्ने इरानकाे धम्की लाइ लक्षित गरी अमेरिकाकाे याे धाेषाणाा अाएकाे हाे ।

इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको कदमको कडा आलोचना गरेका छन् । प्रतिवन्ध लगाएमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी इरानले दिएको छ । इरानका राष्ट्रपति हसन रुहानीले इरान र विश्वका लागि निर्णय गर्ने अधिकार अमेरिकालाई नभएको बताएका छन् । इरानका विदेशमन्त्री जवाद जरिफले अमेरिका असफल नीतिहरुको बन्दी बनेको टिप्पणी गर्दै नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *