कांग्रेसीहरूमा लमजङको रोग तनहुमा सरेछ

विष्णुहरि घिमिरे

२०४८ को आम निर्वाचनमा लगभग दश हजार मतअन्तरले पराजित देव गुरूड्ग २६ बर्ष पछि झण्डै त्यही अनुपातको अन्तरमा लमजुङबाट विजयी भए । कुनै समय यस्तो थियो लमजङमा पनि कांग्रेस हार्छ र ? साच्चिकै कल्पना भन्दा बाहिरको कुरा थियो । अहिले यथार्थ अर्कै ।

लमजङमा कांग्रेस सकिनुको कारण जिल्ला नेताहरूको छिर्की हान्ने शैली हो । यसको शुरूवात तुलसी नारायणले गरे । २०६४ सालको बाहेक अन्य समयको चुनावमा तुलसीले न त कांग्रेसलाइ भोट माँगे न त आफैले हाले । आफै उमेदवार हँुदा बाहेक अन्य समय रूखमा भोट नै नहालेका तुलसी अन्तत पार्टी सभापति पनि भए । प्रायः हरेक चुनावमा तुलसी कि आफै बागि उमेदवार हुन्थे, नभए पनि कांग्रेस उमेदवार हराउन सक्रिय हुन्थे । त्यही मेसोमा शेरबहादुर देउवाको कृपाबाट टिकट लिएर त गए तर तुलसी नारायणलाइ आफ्नै बिगत भारी पर्यो । अन्य चुनावमा तुलसीले कांग्रेस हराउन भूमिका खेल्थे ।

२०६४ चुनावमा तुलसी नारायणको सिको अन्य नेताले गरे । यो क्रम २०७० मा चरम भयो । डा. टकराज गुरूड बाहेक अन्य नेताले कांग्रेसका लागि भोट मागेनन् । टकराज हराउन काठमाडौ देखि लमजङसम्म थुप्रै बैठक भए । जन्मजात एक अर्काको दुश्मन तुलसी नारायण र शंकरकान्त जोशीसम्मको रसायन त्यो बैठकमा मिल्यो । आपसमा मिलेर विपक्षीलाई कसरी जित्ने भन्दा पनि एउटा नेताले अर्को नेतालाइ कसरी रोक्ने भन्नेमा सबै केन्द्रित भए ।

जिल्ला भ्रमणको नाममा वेसीशहरको गेट वे सम्म पुग्नुलाइ नै दिलबहादुर घर्तीले उपल्ब्धी ठाने । जिल्ला कार्य समितिको सदस्यले दिलबहादुरलाई परिचय दिनु पर्ने । शिक्षक हुँदा हँुदै २०४८ सालमा संसद टिकटको चिठ्ठा पाएका रामबहादुर गुरूङले तीन तीन पटक जिते पनि । संगठन विस्तारमा उनी यति उनुदार भए की टाढाको कुरा छाडौ, आफ्नै टोलका जो २०४८ सालका गाविस अध्यक्ष थिए बैस बहादुर गुरूङजस्तालाइ कांगे्रसमा टिकाउन सकेनन् । जिल्लाबाट राष्ट्रिय नेता बन्छु भन्ने रामबहादुरले आफ्नै वडामा कांग्रेस जिताउन सकेनन् । बाहिर नरम देखिने सबैको साझा हुने नाममा अरूलाइ भिडाएर आफु फुत्किने रणनीति लिएका रामबहादुर केन्द्रमा ठाउँ पाएर पनि काम देखाउन नसक्ने गहनीए, त्यसले पनि काँग्रेस डुुवायो ।

युवा नेता भेषबहादुर पौडेल र टकराज गुरूङ त्यही गुट उपगुटको छाँयामा रमाउँदा आस गर्ने नेता नै भएन लमजुङमा । अन्तत हिजो कांग्रेसले पनि हार्छ र भन्ने लमजुङ् अहिले काँग्रेसले पनि जित्छ र भन्ने अवस्थामा पुग्यो । आफु बाहेक अरूका लागि भोट नमाग्ने कांग्रेसीको यही रोग अब तनहँुमा पनि देखियो । गोविन्द राज जोशीले रामचन्द्र पौडेलसंग रिसिवी साँध्दा जिल्ला नै बामपन्थीको हातमा पुग्यो । अब भोलि अहिले हार्नेले त्यो रिसिवी साध्ने नै भयो । रामचन्द्र त बुढो हात्ति भए लौ सहि, अन्य पाँच होनाहार युवा ? जिताउन भन्दा हराउन सजिलो, त्यही सजिलो खेलबाट काँग्रेस कहिले मुक्त हुने खै ?


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *