चिनले बनायो जमीन र पानी दुवैबाट उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमान

चीनले जमीन र पानी दुवैबाट उडान र अवतरण गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमान बनाएको छ । सो विमानको आज सफलतापूर्वक पहिलो उडानसमेत पुरा गरेको छ । एजी ६०० विमानमा चारवटा “टर्बोप्रप” इन्जिन जडान गरिएका छन् । यो लगभग बोइङ ७३७ को आकारको रहेको सो विमानले ५० यात्रु बोकेर १२ घण्टासम्म उड्न सक्ने बताइएको छ ।
८ बर्ष लगाएर बनाइएको सो विमानले ५३ टनसम्मको भार लिएर उड्न सक्ने बताइएको छ । यो विमभानले चीनको दक्षिणी प्रान्त ग्वाङडोङबाट विमानले हालै उडान भरेको थियो । उडानको त्यहाँको सरकारी टेलिभिजनमा प्रत्यक्ष देखाइएको थियो । फर्कदाँ उक्त विमानलाई सैनिक धुनसँगै मानिसहरुले झण्डा हल्लाएर स्वागत गरेका थिए ।
चीनले यो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार यो विमानको सैन्य उपयोगिता पनि रहेको छ । यो विवादित साउथ चाइना समुद्री क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने बताइएको छ ।
“कुनलोङ्” नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ । चिनीया सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको “संरक्षक”का रुपमा चित्रण गरेको छ । दक्षिणी चिनीया समुद्रसम्बन्धी चिनियाँ नीतिको विभिन्न छिमेकी मुलुकहरुले भने प्रतिवाद गरेका छन् ।
संयुक्त राष्ट्रसंघ समर्थित एउटा अदालितले साउथ चाइना सीको अधिकांश क्षेत्रमाथिको चिनियाँ दावीलाई गत वर्ष खारेज गरिदिएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *