सांसद अधिकारीबाट जिल्लाकाे सामाजिक विकासमा काेपाडेसले खेलेकाे भूमिकाकाे खुलेर प्रशंसा

बेसीशहर जेठ १९

जनचेतना अभिबृद्धी र विकास अध्ययन समिति ( कोपाडेस)को २५ औँ बार्षिक साधारण सभा शनिबार बेसीशहरमा सम्पन्न भएको छ ।

अधिवेशनकाे उद्रघाटन गर्दै प्रदेश ४ का सांसद मायानाथ अधिकारीले जिल्लाकाे सामाजिक विकासमा संस्थाले खेलेकाे भूमिकाकाे खुलेर प्रशंसा गर्नुभयाे । उहाँले काेपाडेसले जिल्लाका दुर्गमसम्म पुगेर भुकम्प पीडितहरूकाे घाउमा मल्हम लगाएकाे भन्दै भुकम्पका बेला संस्थाले खेलेकाे भुमिकाकाे मुक्त कण्ठले प्रशंसा गर्नुभयाे ।

गैरसरकारी संस्थाहरू सुगममा बसेर काम गर्ने परिपाटीकाे अन्त्य हुनुपर्ने भन्दै दुर्गम क्षेत्रका जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रम गर्न सुझाव दिनुभयाे । अधिकारीले काेपाडेसले सरकारले गर्न नसकेको काम गरेको भन्दै संस्थालाई धन्यावाद दिनुभयाे ।

संस्थाका अध्यक्ष डिकेन्द्र कडेलको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष स्वतन्त्र हमालले स्वागत मन्तब्य र सचिव पद्मराज कडेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष नरमाया देबकोटाले चालु आवको ६ करोड रुपैया बराबरको आयव्याय प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।

कार्यक्रमको अवसरमा समितिको भवन निमार्णमा विशेष योगदान पुर्याएको भन्दै रणेन्द्र खड्कालाई पाँच हजार नगद र प्रसशांपत्रसहित सम्मान गरिएको थियो । साे अवसरमा संथाका अध्यक्ष कडेलले आगामी दिनमा भुकम्प प्रतिरोधी घर बनाउन नसकेकालाई घर निर्माणमा सहयोग गर्ने, कृषिलाई जिविकोपार्जन मात्र नभई व्यवसायमुलक बनाउनेतर्फ विभीन्न कार्यक्रम सञ्चालन गर्ने र गाउँपालिका र नगरपालिकामा शुसासन सम्बन्धी विधि तथा तालिम सञ्चालन गरिने जानकारी गराउनु भयाे । समुदायमा सांगठनिक क्रियाकलाप, चेतना अभिवुद्धि, विपद व्यवस्थापन, आर्थिक आत्मानिर्भरता, सूचना प्रविधिको विस्तार ,सुशासनको प्रत्याभुतिका माध्यमबाट महिला, बालवालिका, युवा र सिमान्तकृत लक्षित समुहलाई शशक्तिकरण गरी दीगोविकासमा टेवा पु¥याउने कोपाडेसको उद्धे्र्रश्य रहेको संस्थाका अध्यक्ष कंडेलले साे अवसरमा बताउनुभयाे ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकाल, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी, शहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालयका प्रमुख सचिन्द्रकुमार देव लगायत संस्थाका पदाधिकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूकाे सहभागिता थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *