बेसीशहरमा १३ शिर्षकमा कर, कर प्रणाली बैज्ञानिक नभएको गुनासो

बेसीशहर, भदाै ६ गते ।
बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्षको लागि तोकेको एकीकृत सम्पत्ति कर बैज्ञानिक नभएको गनासो बढेको छ । नगरपालिकाले राम्ररी अध्ययन नगरी हचुवाको भरमा कर लगाएको आरोप स्थानीयले लगाएका छन् ।
नगरपालिकाले आर्थिक ऐन २०७५ जारी गरी विभिन्न १३ वटा शिर्षकमा कर लगाएको छ । एकीकृत सम्पत्ती कर, भूमि कर, घरबाहल, ब्यवसाय, जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन, विज्ञापन, मनोरन्जन, बहाल बिटौरी, पार्किङ, ट्रेकिङ÷कायकिङ ÷क्यानोनिङ÷¥याफ्टिङ, सहित पर्यटनमा शुल्क तोकेको हो ।
देशका विभिन्न भागमा स्थानीय निकायले तोकेका करका विषयमा टीकाटिप्पणी भइरहेका बेला बेसीशहर नगरपालिकाले भने तोकिएको करमा कुनै विरोध नआएको दावी गरेको छ । यद्यपी सेवाग्राहीले भने नगरपालिकाले तोकेको कर प्रति गुनासो गर्न छोडेका छैनन् ।
विशेष गरी बेसीशहर बजारका ब्यवसायीहरुले ब्यवसाय कर तोक्ने क्रममा नगरपालिकाले हचुवा शैली अपनाएको गुनासो गरेका छन् । ब्यवसायको प्रकृति र त्यसमा गरिएको लगानी र ब्यवसायबाट हुने आम्दानी हेरेर मात्र कर तोक्नु पर्नेमा त्यो विचार नगरी कर तोकिएकोमा उनीहरुको दुखेसो छ । केही ब्यवसायीहरुसंग नगरपालिकाले तोकेको भन्दा बढी कर उठाइएको समेत पाइए पछि गुनासोसंगै विरोध पनि त्यतिकै भएको छ । ब्यवसाय कर उठाउने जिम्मा उद्योग बाणिज्य संघलाई दिइए पनि संघले पनि त्यसमा ध्यान नदिए पछि ब्यवसायी रुष्ट छन् ।
नगरपालिकाले तोकेको करमध्ये एकीकृत सम्पत्ती कर विगतदेखि नै उठाउने गरेको हो । सम्पत्ती करतर्फ १० लाख बराबरको सम्पत्ती हुनेलाई १ सय २० रुपैयाँ कर तोकिएको छ । १० देखि २० लाखसम्म सम्पत्ती हुनेले २ सय ५०, २० देखि ३० लाखसम्मको सम्पतीमा ६ सय, ३० देखि ४० लाखसम्मलाई १ हजार २ सय, ४० देखि ५० लाखसम्मलाई २ हजार, ५० देखि ७० लाखसम्मलाई ३ हजार ५ सय, ७० लाखदेखि १ करोडसम्मको सम्पतीमा ५ हजार ५ सय कर तोकिएको छ । त्यस्तै डेढकरोडको सम्पतीमा १२ हजार, २ करोडसम्मको सम्पतीमा १५ हजार, ३ करोडसम्मको सम्पत्तीमा २० हजार र ५ करोडसम्मको सम्पतीमा ३५ हजार रुपैयाँ कर लगाइएको छ । नगरपालिकाका अनुसार ५ करोडभन्दा माथिको सम्पतीको हकमा प्रति हजारमा थप २ रुपैयाँ कर थपिने छ ।
नगरपालिकाले चालु आर्थिक बर्षको पुस मसान्तसम्म सम्पत्ती कर बुझाउने नगरबासीलाई ५ प्रतिशत छुट दिने योजना पनि बनाएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । त्यस्तै मालपोत करतर्फ मोटरबाटोले छोएको जग्गा शहरी क्षेत्रमा भए प्रति रोपनी २५ र ग्रामीण क्षेत्रको भए २० रुपैयाँ कर तोकिएको छ । खेतियोग्य जमीनसंग जोडिएको जग्गा शहरी क्षेत्रमा १५ र ग्रामीण क्षेत्रमा १०, खरबारी तथा भीरपाखा जोडिएको जग्गाको हकमा शहरी क्षेत्रमा १० र ग्रामीण क्षेत्रमा ५ रुपैयाँ कर तोकिएको छ । घरभाडा करमा भने घरभाडाको १० प्रतिशत तोकिएको छ ।
नगरपालिकाले खाद्यान्न सामान, आलु तरकारी गाडीमा घुमाएर बेच्नेहरुका लागि प्रति दिन १ सय, पोका वा झोलामा सामान राखी साइकल मोटरसाइकलमा बेच्नेलाई प्रतिदिन १० कर तोकेको छ । त्यस्तै बाहिरबाट रांगा, भैसी बंगुर बेच्दा प्रतिगोटा ५०, खसी बाख्रा प्रतिगोटा २५ र कुखुरा हांसमा २ रुपैयाँ कर तोकिएको छ । तर डोका र डालामा तरकारी तथा फलफुल राखी बजारमा घुमाएर बेच्ने किसानहरुको हकमा पटके व्यवसाय कर नलिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै सवारी साधन पार्किङ गरेबापत पनि अब कर तिर्नुपर्ने छ । ठूला, साना सवारीसाधन र मोटरसाइकल÷स्कुटरलाई क्रमश २०, १० र ५ रुपैयाँ पार्किङ कर तोकिएको छ ।
नगरपालिकाले वंशजका नागरिकतामा १ सय र अंगिकृतको सिफारिमा २ हजार कर लिने भएको छ । त्यस्तै राहदानीको सिफारिसमा ३ सय रुपैयाँ, जन्म मृत्यु सिफारिस १ सय कर तोकिएको छ । जन्म मृत्यु, सम्बन्धविच्छेद जस्ता ब्यक्तिगत घटना ३५ दिनपछि दर्ता गर्न आएमा ५० रुपैयाँ कर तिर्नु पर्ने जनाइएको छ ।
पति पत्नीले सम्बन्धविच्छेदका लागि निवेदन दिँदा पनि ५ सय कर बुझाउनु पर्ने छ । नगपालिकामा निवेदन फारम माग्दा र सामान्य निवेदन दर्ता गर्न पनि अब २०÷२० रुपैयाँ कर बुझाउनु पर्नेभएको छ । सामान्य सिफारिस गराउँदा पनि १ सय कर तिर्नुपर्ने छ । अब नगरपालिकाभित्र कुकुर पाल्नु परेमा १ सय कर लाग्ने छ । विद्युत, खानेपानी, टेलिफोन लगायतको सिफारिसका लागि ३ सय रुपैयाँ कर तोकिएको छ । ब्यवसाय दर्ताका लागि १ हजार र दर्ता सिफारिसमा ३ सय कर तोकिएको छ ।
अब नगरपालिकाले सवारी कर पनि उठाउने छ । ठूला बस ट्रकको ५ सय, ६ पांग्रे मिनीबस÷ट्रकको ३ सय, चारपांग्रे बस ट्रक र नीजि कार जीप तथा ४० हर्षपावरभन्दा बढीका ट्याक्टरको २ सय ५० कर तोकिएको छ भने स्कुटर तथा मोटरसाइकलको कर १ सय तोकिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *