बेसीशहरमा विगेन नेपालको थर्मल थेरापीको सरहना

बेसीशहर, भदौ ८ । कोरियन थर्मल थेरापीको माध्यमबाट लमजुङबासीलाई स्वास्थ्य सेवा दिइरहेको विगेन नेपालको सरहना गरिएको छ । सो संस्थाद्वारा बेसीशहरमाआयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा सहभागीहरुले संस्थाले पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका छन् । प्रशंसा गर्नेमा संस्थाद्वारा सेवाप्राप्त गरी लाभान्वित भएका सेवाग्राहीदेखि स्थानीय जनप्रतिनिधिसम्म छन् ।
विगेन नेपालको कार्यालयमाआयोजित कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विगेन नेपालको सेवाबाट आफू निकै प्रभावित भएको बताउनुभयो । सबैले लाभ लिनसक्ने विगेनको भिजनको प्रशंसा गर्दै अर्यालले रोगले च्यापेर दुःख पाएपछि घरपरिवारको दृष्टिकोणसमेत फरक पर्ने भएकाले विगेनको निःशुल्क सेवाबाट लाभ लिनआग्रहगर्नुभयो । स्वास्थ्य नै ठूलो धनभएकाले आफ्नो स्वास्थ्यको लागि विगेनको निःशुल्क थेरापी वरदान हुने उहाँले बताउनुभयो ।
प्रमुखअर्यालले विगेनका एन्जलहरुको सेवाबाट आफू प्रभावित भएको भन्दै आफ्नै बाबुआमाको खुट्टा छुन कन्जुस्याइगर्ने समाजमा अर्काकाआमाबाबुको खुट्टा समाएर सेवागर्नु महान काम हो भन्नुभयो । पूजापाठलाई मात्रधर्म मान्ने संस्कार त्याग्नु पर्छ भन्दै सेवा र ब्यवसायलाई धर्म मान्नु पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विगेन नेपालका संस्थापक एवं कार्यकारी प्रमुख प्रकास श्रेष्ठले सबै रोगहरु औषधीका ट्याब्लेट र शल्यक्रियाबाट पनि निको नहुने भन्दै त्यस्ता रोगहरुमा थर्मल थेरापी बरदान हुने बताउनुभयो । विगेनका शाखाहरु देशभर फैलाउने उद्देश्य रहेको चर्चा गर्दै उहाँले सरकारी अस्पताल तथा स्वास्थ्यचौकीहरुमा समेत विगेनका थेरापीगर्ने उपकरणहरु राख्न सके अरु धेरैले लाभलिन सक्ने भएकाले यसतर्फ सोच्न सम्बन्धितपक्षलाई आग्रहगर्नुभयो ।
कार्यक्रममा बेसीशहरको वडा नं. ७का वडाध्यक्ष गोविन्द बस्नेतले थेरापीलिनआउनेहरुको हाँसो नै उहाँहरु त्यहाँको सेवाबाट सन्तुष्ट भएको प्रमाण हो भन्दैआफ्नै वडामा विगेनको कार्यालय रहनु आफ्नो लागिखुशीको कुरा भएको बताउनु भयो ।
कार्यक्रममाविगेन नेपालकाप्रवन्धनिर्देशक तेजबहादुर गुरुङ, निर्देशक सुरेन्द्र बोहरा, निर्देशकबसन्त पण्डितलगायतले विगेन नेपालको उद्देश्य र भएकागतिविधिबारे प्रकास पार्नु भएको थियो ।
कार्यक्रममाविगेन नेपालको निःशुल्कथर्मल थेरापीबाट लाभलिएकाविरामीहरुको बारेमाचर्चा गरिएको थियो । बेसीशहरका बुद्धिबहादुर घिमिरेले आफू विगेनको सेवाबाट निकै प्रभावितभएको भन्दै थेरापीलिएर लाभलिन सबैसंग आग्रहगर्नुभयो ।
सोहीअवसरमाविगतमाबोल्न नसक्ने तर विगेन लमजुङको थेरापी सेन्टरमाआए पछि बोल्न सक्ने भएका बेसीशहरका सजिन गुरुङले गीतै गाइदिए पछि सहभागीहरु दंगमात्र परेनन्, हलमातालीको गडगडाहट गुन्जिएको थियो । उनीसंगै बेसीशहरको वडा नंं ८ गौथलीडाँडा बस्ने लौमायातामाङको स्वास्थ्यप्रगतिबारे पनिचर्चा गरिएको थियो । लौमाया यस अघि हिडन् नसकेर थला परेकी र बोकिएर विगेनको थेरापी सेण्टरमाआउनथालेको केही समयपछि स्वस्थभइआफै हिँडडुल गर्न सक्ने भएकी छन् ।
विगेन नेपाल बेसीशहर सेन्टरका सञ्चालकमिलन लामिछानेको अध्यक्षतामाभएको कार्यक्रममादेशकाविभिन्नभागका थेरापी सेण्टरबाट ०७२ असारबाट नेपालमाविगेनले सेवा शुरु गरेको र तीनबर्षको अवधिमालाखौले विगेनको सेवाबाट स्वास्थ्यलाभगरेको चर्चा गरिएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *