अझै पनि गीत संगीतमार्फत लमजुङलाई चिनाउने माया गुरुङकाे धोको

बरीष्ठ लोकगायिका माया गुरुङलाई लमजुङमा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङको आठौं बार्षिक साधारणसभाका अवसरमा शनिबार बेसीशहरमा उहालाई सम्मान गरिएको हो ।
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले गुरुङलाई सम्मान गर्नुभएको हो । सो अवसरमा बोल्दै गायिका गुरुङले आफूले गीत गाउँदा ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै अझै पनि गीत संगीतमार्फत लमजुङलाई चिनाउने आफ्नो धोको रहेको बताउनुभयो ।
“गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार” बोलको गीतमार्फत लाखौंको मन जित्न सफल माया गुरुङले रेडियो नेपालबाट २०४५ सालमा आयोजना भएको राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । सो गीतमा उहाँलाई उमा गुरुङले साथ दिनु भएको थियो । चालिसको दशकमा लमजुङ भर यो गीतले बजार लिएको थियो । गाउँघरमा अझै पनि यो गीत गुन्जिरहन्छ ।
गुरुङलाई सम्मान गर्दै बेसीशहरका मेयर गुमानसिंह अर्यालले गीत संगीतको माध्यमबाट लमजुङलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने माया गुरुङको योगदानलाई राज्यले चिन्न नसकेको भन्दै नगरपालिकाले सहयोग गर्ने बचन दिनुभयो । सो अवसरमा उहाँले अर्यालले लोक गीतले आर्थिक, सामाजिक परिवर्तनमा सहायोग पु¥याउने भएकाले गीत मार्फत समाजलाई परिवर्तन गराउने गित गाउन कलाकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा अग्रज लोक गायीका मायाँ गुरुङले पनि राज्यले आफ्नो योगदानको कदर नगरेकोे गुनासो गर्नुभयो । झण्डै दुई दशकदेखि आफू एकल साँझ गर्ने चाहना राखेको तर आर्थिक अभावले गर्न नसकेको भन्दै कुनै संघसंस्थाले आयोजना गरिदिए एकल साँझ गर्न र गाउँशहरमा लमजुङ दरबार बोलको गीतलाई भिजुअल गर्ने ईच्छा रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी अञ्चल समितिका प्रथम उपाध्यक्ष अमर धिताल, सदस्य शंकर पन्त, नेपाली काङगेसका नेता तुलसी नारायण श्रेष्ठ, नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य राम कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा उपाध्यक्ष रेशमलाल श्रेष्ठले स्वागत मन्तब्य र कोषाध्यक्ष शर्मीला थापाले आर्थीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहसचिब अनुज अधिकारीले प्रतिष्ठानको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *