पर्यटकीय सिउरुङमा क्होइबो धींको शिलान्यास

लमजुङ, भदौ १० ।
लमजुङको मस्र्याङदी गाउपालिका ३, मा पर्ने पर्यटकीय गाउ“ सिउरुङका बासीन्दा आफ्नो संस्कार/संस्कृति सिक्ने र सिकाउने सास्कृतिक घर (क्होइ“बो धीं) निर्माणमा जुटेका छन् ।
गुरुङहरुको बाहुल्यता रहेको सिउरुङमा निर्माण गर्न लागिएको संस्कृति घरकोको हालै एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । आफ्नो धर्म, भाषा, संस्कार तथा संस्कृति जोगाउन अग्रसर त्यहाका स्थानीयबासीन्दा क्होइ“बो धीं निर्माण गर्न एकजुट भएर लागेका छन् । तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यमा तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिका अध्यक्ष कूलप्रसाद गुरुङ, केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष गुरुङ र स्थानीय घ्याब्रे चिवा बिनजंग गुरुङले संयुक्त रुपमा मन्त्रोच्चारण गरि क्होइ“बो धींको शिलान्यास गरिएको हो ।
क्होइ“बो धीं निर्माणका लागि ४० लाखको बजेट अनुमान गरिएकोमा स्थानीयले यसअघि १ लाख ७२ हजार रुपैया“ जम्मा गरेका छन् । शिलन्यासका क्रममा पनि २५ हजार रुपैया“ संकलन भएको थियो । भवन निर्माणका लागि तमु प्ये ल्हु संघ सेरे ना“सा इकाईका अध्यक्ष सुवेदार धनबहादुर गुरुङ र घ्याब्रे भीमबहादुर गुरुङले जग्गा दान गर्नुभएको छ ।
भवनको शिलान्यास गर्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले आफ्नो मौलिक धर्म संस्कृतिको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको भन्दै त्यसका लागि पनि क्होइ“बो धींको आवश्यकता पर्ने बताउनुभयो । उहाले हरेक गाउ“मा एउटा क्होइ“बो धीं निर्माणको अभियान थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय संगठन विभाग प्रमुख हर्क गुरुङ, तमु प्ये ल्हु संघ जिल्ला शाखा लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, मस्र्याङदी गाउ“पालिका वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, कार्यपालिका सदस्य पारकाशी गुरुङ, जिल्ला सदस्य लालजीत गुरुङ, पच्यु गुरु कूलप्रसाद गुरुङ, घ्याब्रे (क्ल्हेप्री) गुरु सन्तोष गुरुङ लगायतले गुरुङ समुदायको मौलिक धर्म बोन धर्मलाई जोगाउन र यसको प्रचारप्रसारको खा“चो रहेको बताउनुभएको थियो ।
तमु प्ये ल्हु संघ सेरे नासा इकाईका अध्यक्ष एवं सेरे ना“स क्होइ“बो धीं निर्माण समितिका अध्यक्ष सुबेदार धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य निर्माण समितिका सचिव सुवेदार गणेशबहादुर गुरुङले राख्नुभएको थियो । कार्यक्रमको संचालन कृष्ण गुरुङले गर्नुभएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *