बेसीशहर चामे सडक सधैंकाे अवराेध, यात्रु दिक्क

नवीन लामिछाने

मनाङ, भदाै ९ गते :

मनाङ आउने जाने चामे बेसिसहर सडकखण्ड सधैँजस्तो अवरोध हुन थालेको छ। लमजुङ र मनाङलाई जोड्ने यो सडकखण्डमा पहिले मोटर पुल नहुँदा खोलाले अवरोध गर्ने गरेको थियो। हाल पुल निर्माण भयो तर पनि ठाउँ/ठाउँमा भीषण पहिरोले गर्दा यात्रुहरू र सवारी साधनले उहि अवस्था झेल्नु परेको छ। चामे गाउँपालिकाअन्तर्गत कोतो र चामेको बीचमा गएको पहिरोले एकहप्ता अवरुद्ध बनेको यस सडकखण्ड सुचारु हुन नपाउँदै बिहीबार रातिको भीषण वर्षका कारण फेरि भासिएको छ। गएरातिको वर्षले मनाङको कोतो र लमजुङ मर्स्याङदी गाउँपालिकाअन्तर्गत च्यम्चेमा सडक भासिएको हो।  सडक अवरुद्ध हुँदा चामेबाट बेसिसहर जाने र बेसिसहरबाट मनाङतर्फ चल्ने सवरी साधन चल्न सकेका छैनन्। सडक सुचारु गर्न दुईवटा डोजर बेसिसहरबाट गएको लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए। त्यस्तै मनाङ मर्स्याङदी नदीले सडक बगाएपछि पूरै अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सडक डिभिजन कार्यालय दमौलीलाई जानकारी गराउँदा  यस वर्षको बजेट सकिएको बताएको छ। सडक मर्मतका लागि चालु वर्षको बजेट कार्यान्वयन नभएको हुनाले काम गर्न नसकिने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोसीले बताए।  पानी पर्न नरोकिएकोले लमजुङ च्याम्चेको पहिरो कठिन भएको  लमजुङका प्रमुख जिल्ला अधिकारी झनकनाथ ढकालेले बताए। उनले शुक्रबार दिनभरमा सडक सञ्चालनमा आउने दाबी गरे। मनाङमा भने अझै अन्योलमा छ। स्थानीय, सेना र प्रहरीले सडक सुचारु गर्ने प्रयास गरिरहेको प्रमुख  जिल्ला अधिकारी हरीप्रसाद पन्तले बताए। यसरी हप्तै पिच्छे  सडक अवरुद्ध हुँदा स्थानीय, यात्रुले सास्ती भोग्नु परेको सवारी चालक बेलबहादुर गुरुङले बताए। ‘पहिले पुल भएन अहिले पुल छ तर पहिरोले अबरोध गरेर निर्धक्कसँग यात्र गर्न सकिदैन। सँधै जोखिम मोलेर यात्र गर्नु पर्छ’, सवारी चालक गुरुङले गुनासो गरे।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *