घलेगाउँ अब स्मार्ट भिलेजको रुपमा परिचित बन्दै

निरज अधिकारी

बेसीशहर भदाै, १३ गते ।

सार्क भिलेजको रुपमा परिचित लमजुङको घलेगाउँ अब स्मार्ट भिलेजको रुपमा पनि परिचित बन्ने भएको छ । क्होलासोँथ गाउँपालिकाले घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा अघि बढाउने तयारी गरेको हो । एक नमुना र ऐतिहाशीक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको थप विकास सँगै प्रचारप्रसार अझ तिव्र पार्न विभिन्न समिति गठन गरेरै अघि बढिएको गाउँपालिकाका अध्यक्ष एवं ग्रामिण पर्यटन व्यवस्थापन समिती घलेगाउँका अध्यक्ष प्रेम बहादुर घलेले बताउनुभयो ।
‘स्मार्ट भिलेज बनाउने अभियान सुरु भैसक्यो, अध्यक्ष घलेले भन्नुभयो, गाउँपालिकाकै योग्य र पर्यटकीय दृष्टिकोणले पनि विकासमा उच्च सम्भावना बोकेको गाउँ भएकाले पनि यसको विकासमा अघि बढेका छौ ।’ घलेगाउँलाई स्मार्ट भिलेज बनाउनका लागी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सिमेत अगाडी बढाइएको अध्यक्ष घलेले जानकारी दिनुभयो । घलेगाउँको पर्यटन प्रवद्र्धनका लागी गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितीसँग आवश्यक रकम माग समेत गरिएको छ । गाउँका सबै घरका छाना एउटै रंगले बनाउने र यस क्षेत्रको भौतीक संरचनाको विकासका लागी पहल भईरहेको गाउँपालिकाले जनाएको छ । २०५७ सालदेखि पर्यटन प्रर्वद्धनका कार्यक्रम गरी घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो । २०७४ सालमा उक्त होमस्टे नेपालकै उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको छ । पर्यटकीय सेवा सुविधा, स्थानिय कला सस्कृतिको प्रर्वद्धन तथा गतिविधी, होमस्टे कार्यक्रममा समुदायको सक्रियाताका कारण घलेगाउँमा स्वादेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्दै आएको छ । घलेगाउँमा बार्षिक लाखौँ पर्यटक पुग्छन् ।
प्रदेश नं. ४ अन्तर्गत लमजुङको क्व्होलासोँथर गापा–३ मा पर्ने घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाईमा छ । काठमाडौंबाट १ सय ७५ किलोमिटर र सदरमुकाम बेसीशहरबाट २७ कि.मी. पश्चिम–उत्तर दूरीमा अवस्थित सार्क राष्टरु पर्यटकीय गाउँ घलेगाउँले लमजुङको पर्यटन प्रबद्र्धनको क्षेत्रमा अग्र स्थान कायम गरेको छ । १ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहून, २४ घर दलित र बाँकी सबै गुरुङ छन् । वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो । घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । करिब ८० घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ । ३२ घरमा व्यवसायीक होमस्टे सञ्चालित छन् । दुईदेखि आठ जनासम्मलाई एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ । एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सातसय वर्ष पुरानो मानिन्छ । लमजुङको सदरमुकाम वेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे दुई घण्टामा घलेगाउँ पुगिन्छ । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन् । प्रकृतिको एक टुक्रा जस्तो लाग्ने घलेगाउँ, त्यहाँका होमस्टेको बसाईले पर्यटक देखी होमस्टे सञ्चालकहरु, अध्ययनकर्ताहरुलाई समेत निकै आकर्षण तुल्याइरहेको छ ।
कार्यक्रममा समुदायको सक्रियाताका कारण घलेगाउँमा स्वादेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्दै आएको छ । घलेगाउँमा बार्षिक लाखौँ पर्यटक पुग्छन् ।
प्रदेश नं. ४ अन्तर्गत लमजुङको क्व्होलासोँथर गापा–३ मा पर्ने घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाईमा छ । काठमाडौंबाट १ सय ७५ किलोमिटर र सदरमुकाम बेसीशहरबाट २७ कि.मी. पश्चिम–उत्तर दूरीमा अवस्थित सार्क राष्टरु पर्यटकीय गाउँ घलेगाउँले लमजुङको पर्यटन प्रबद्र्धनको क्षेत्रमा अग्र स्थान कायम गरेको छ । १ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहून, २४ घर दलित र बाँकी सबै गुरुङ छन् । वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो । घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । करिब ८० घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ । ३२ घरमा व्यवसायीक होमस्टे सञ्चालित छन् । दुईदेखि आठ जनासम्मलाई एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ । एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सातसय वर्ष पुरानो मानिन्छ । लमजुङको सदरमुकाम वेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे दुई घण्टामा घलेगाउँ पुगिन्छ । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन् । प्रकृतिको एक टुक्रा जस्तो लाग्ने घलेगाउँ, त्यहाँका होमस्टेको बसाईले पर्यटक देखी होमस्टे सञ्चालकहरु, अध्ययनकर्ताहरुलाई समेत निकै आकर्षण तुल्याइरहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *