प्रदेश सरकारलाई स्वायत्त बनाउन सकारले कन्जुस्याइँ गरेको मुख्यमन्त्री गुरुङको गुनासो

१२ भदौ, पोखरा ।

मुलुक संघीयतामा गई संघीयता कार्यान्वयन भैसक्दा पनि संघीय सरकारले अधिकार दिन ढिलाई गरेकोमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले गुनासो गर्न थालेका छन् ।
प्रदेश सरकारलाई स्वायत्त बनाउने सबालमा सकारले कन्जुस्याइँ गरेकोमा मुख्यमन्त्रीहरुले गुनासो मात्र गरेका छैनन्, संघीय सरकारलाई घच्घच्याउनु पर्ने आवश्यकता पनि औंल्याएका छन् । प्रदेश सरकार गठन भएको लामो समय भैसक्दा पनि भौतिक संरचना, कर्मचारी, आर्थिक श्रोत र कानुनी बाटोका लागि पनि संघीय सरकारको भर परिरहनु पर्दा काम गर्न नसकिएको ठहर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छ ।
सोझो औंलाले ध्यू ननिस्केजस्तै कुरेर बस्दा अधिकार पाउने सवालमा ढिलाइ हुने भएकाले केन्द्र सरकारलाई दवाव दिनुपर्ने उहाँको भनाइ छ । तसर्थ केन्द्रलाई अप्ठेरोमा पारेरै भए पनि अधिकार प्राप्त गर्नुपर्ने सवालमा उहाँले अन्य प्रदेशका मुख्यमन्त्रीहरुसंग छलफल अघि बढाउनु भएको बुझिएको छ । मंगलबार सांसदहरुको राष्ट्रिय मञ्चको कार्यक्रममा उहाँले प्रदेश सरकारका समस्याबारे सबै प्रदेशले एकसाथ संघीय सरकारलाई दवाव दिनु अवश्यक रहेको चर्चा गर्नुभएको हो ।
संविधानले प्रदेशको शासन सत्ता सञ्चालन र निर्देशन प्रदेश सरकारले गर्ने भनि स्पष्ट पारे पनि त्यसको अनुभू ितगर्न नपाइएको गुनासो गर्दै गुरुङले संविधान प्रदत्त अधिकार उपभोग गर्न नपाएकोमा दुःख प्रकट पनि गर्नुभयो । उहाँले अधिकार नपाएर प्रदेशले खासै काम गर्न नसकेको भन्दै प्रदेश सरकार असफल भएमा त्यसको दोष संघीय सरकार र प्रधानमन्त्रीले लिनुपर्ने जिकिर पनि गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई स्थानीय सरकार जति पनि अधिकार नदिइएको भन्दै स्थानीय सरकारलाई पर्यप्त कर लगाउने अधिकार भए पनि प्रदेशलाई नभएको बताउनुभयो । त्यस्तै कतिपय अधिकारहरु दिइएको भए पनि तत्सम्बन्धी कानुनको अभावमा काम गर्न नसकिएको उहाँको भनाइ छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *