सुन अापूर्ति सहज बनाउन ब्यवसायीकाे माग

बेसीशहर भदाै १३ ।

लमजुङका सुनचाँदी व्यवसायीले सुन आपूर्ति सहज बनाउन माग गरेका छन् । उनीहरुले जिल्लामा सुन अभाव भएको भन्दै आपूर्ति सहज बनाउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार ज्ञापनपत्र पठाएका छन् ।

लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष लालबहादुर विश्वकर्माद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा बजारमा सुन अभाव हुँदा व्यवसायी तथा उपभोक्तालाई समस्या भएको भन्दै सहज बनाउनुपर्ने माग गरिएको छ । नेपाल राष्ट्र वैंकबाट एक हजार ग्राम (एक किलो) भन्दा कम खुद्रा सुन नदिईरहेको अवस्थामा साना व्यवसायी मारमा परेकाले ५० ग्रामदेखि नै साना परिमाणमा खुद्रा सुन उपलब्ध गराउनुपर्ने माग रहेको संघको छ ।

ज्ञापन पत्रमा नेपाल राष्ट्रवैंक तथा महासंघले सुन आपूर्तिमा लगाएको सिण्डीकेट अन्त्य गरिनुपर्ने, व्यवसायीका लागि आवश्यक व्यवसाय ऐन तथा निर्देशिका तुरुन्तै जारि गर्नुपर्ने, कोटाको सुन बृद्धि गर्नुपर्ने माग रहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *