आलुको लागि प्रख्यात भुस्मे गाउँमा ब्यवसायिक तरकारी खेती

शान्ता कमली
बेसीशहर, १४ भदौ ।
आलु उत्पादनमा जिल्लाभर ख्याति कमाएको भुस्मे गाउँको परिचय अब आलुमा मात्र सिमित छैन । मस्र्याङदी गाउँ पालिकाको वडा नं. ८ मा पर्ने भुस्मे गाउँमा होमस्टेको विकास संगै ब्यवसायिक कृषिको पनि विकास भएको छ ।
हिजोसम्म स्वादिलो आलुको लागि भुस्मे गाउँ प्रख्यात थियो । त्यहाँ उत्पादित आलुको प्रमुख बजार बेसीशहर, खुदी भुलभुले बजार थिए । भुस्मेको आलु यति स्वादिष्ट हुन्छ कि उपभोक्ताहरु त्यहाँको आलु पाएसम्म अन्यत्रको आलु खादैनथे । तर अब भुस्मे गाउँमा आलु मात्रै फल्दैन, काउली, गोलभेडा, बन्दा जस्ता अन्य तरकारीहरु पनि उत्पादन हुन थालेका छन् । हिजोसम्म निर्वाहमुखी खेती गर्दै आएका त्यहाँका किसान अब ब्यवसायिक बन्न थालेका छन् ।
सिजनमा बाहेक अफसिजनमा पनि तरकारी उत्पादन गर्न खप्पिस भैसकेका छन् त्यहाँका किसान । पहिला गाउँमा बाँझै रहने जग्गाहरु अहिले हरिया तरकारीले भरिन थालेका छन् । एक्ला एक्लै र समुहमा समेत आवद्ध भई उनीहरु व्यवसायिक रुपमा तरकारी खेतीमा जुटेका छन् । हिजो तरकारी किनेर खानेहरु पनि अब आफै उत्पादन गर्न थालेका छन्, उत्पादित तरकारी विक्रीसमेत गर्दा उनीहरुको आर्थिकस्तर पनि बढ्न थालेको छ ।
ब्यवसायीक तरकारी खेतीका लागि आवश्यक तालिम लिएपछि उनीहरुले आम्दानी गर्न थालेका हुन् । २०७१ सालबाट तरकारी खेतीमा लागेका त्यहाँका किसानहरुलाई समग्र विकास सेवा केन्द्रले सहयोग गरेको छ । शान्ति स्थापना र प्रजातान्त्रिक विकासका लागि सीमान्तकृत सशक्तिकरण अभियान अन्र्तगत गाउँमा महिलाको जिवनस्तर उकास्न कार्यक्रम सञ्चालन गरिएको केन्द्रका जिल्ला संयोजक मीरा भण्डारीको भनाइ छ ।
अहिले भुष्मेका ५५ घरपरिवारले तरकारी खेतीमा लागि परेका छन् । तीमध्ये एक हुन् निलमाया तामाङ । उनले आठ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेकी छिन् । उनले ५ वटा टनेल निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएकी छन् । तरकारीको ब्यवसायीक खेती गर्नु अघि दुईचार पैसा देख्न पनि रहर हुने गरेको उनी अहिले महिनामै एक लाख बरावरको आम्दानी हुन थाले पछि दंगदास छन् ।
निलमाया मात्र होइन, गाउँका अन्य महिलाहरुको पनि तरकारी खेतीले जीवनस्तरमा परिवर्तन ल्याइ दिएको छ । स्थानीय शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णु मायाँ तामाङ भन्छिन्– गाउँका सबैले असाध्यै मेहनत गरेका छन् र मेहनत अनुसारको फल पनि मिल्न थालेको छ । उत्पादित तरकारी विक्रीका लागि कुनै समस्या छैन । बेसीशहर बजारमा सबै तरकारी विक्री हुने गरेको छ ।”
भुष्मेमा किसानहरुको आयआर्जनमा सघाउ पु¥याउन बाख्रापालन र कुखुरापालनको तालिम पनि दिइएको छ । लमजुङमा गठन भएका एकसय १३ सामाजिक परिवारमध्ये भुस्मेको समूहले निकै राम्रो प्रगति गरेको छ ।
भुस्मे गाउँले पछिल्लो पटक घरबास (होमस्टे) पनि शुरु गरेको छ । लमजुङ उद्योग बाणिज्य संघ, मस्र्याङदी गाउँपालिका लगायतले त्यहाँको होमस्टे प्रवद्र्धनमा सहयोग पनि गरेका छन् । तामाङ जातीको बाहुल्य रहेको भुस्मे प्राकृतिक रुपले पनि सुन्दर छ । स्थानीय अर्गानिक खाना, तामाङ संस्कृति र रितीरिवाजमा पर्यटकहरु रमाउन पाउँछन् । गाउँमा पुग्ने पाहुनालाई गाउँमै उत्पादित ताजा तरकारी र खाना खुवाउने चलन छ । साथमा स्थानीय भेषभुषामा कलाकारहरुले नाचगान गरी मनारञ्जन दिलाउँछन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *