मुद्दा फैसला भएको २५ बर्ष पछि पनि समातिए बहुबिवाहका अभियुक्त

बेसीशहर भदाै १४ गते ।
बहुविवाह गरेको २५ बर्षपछि लमजुङमा एक ब्यक्ति पक्राउ परेका छन् ।
लमजुङ जिल्ला अदालतबाट फैसला भए पनि अदालतको फैसला अनुसार विगो जरिवाना नतिरेका र कैद भुक्तान नगरी फरार रहेका साविक चिती गाविस हालको बेसीशहर नगरपालिका वडा नंं ११ बस्ने ५४ बर्षका पूर्ण बहादुर थापा पक्राउ परेका हुन् ।
जिल्ला अदालत लमजुङबाट विभिन्न मितिमा फैसला भइ विभिन्न मुद्दामा फरार रहेका र सरकारी कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका प्रतिवादीहरुलाई खोजतलास गरी पक्राउ गरी दाखिला गर्न जिल्ला प्रहरी कार्यालयको मौखिक आदेश अनुसार थापा २५ बर्षपछि पक्राउ परेका हुन् ।
अदालतले उनलाई १ हजार रुपैयाँ जरिवाना र एक महिना कैदको सजाय सुनाएकोमा उनी फरार रहेका थिए । प्रहरीले उनलाई आजै प्रक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *