मुलुकी अपराध संहिताकाे विराेधमा नेपाल चिकित्सक संघ अान्दाेलनमा, अाइतबारबाट अाकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने

काठमाडौं, १५ भदौ । यही भदाै १ देखि लागू भएकाे मुलुकी अपराध संहिताकाे विराेधमा नेपाल चिकित्सक संघ अान्दाेलनमा उत्रिएकाे छ । संघले संहिता संशोधनको माग गर्दै अाइतबारबाट अाकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने भन्दै आन्दोलन घोषणा गरेको छ ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हाे ।

संघले अान्दाेलनकाे कार्यक्रम अनुसार १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने तय गरेकाे छ ।

भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा पनि बन्द गर्ने र भदाै २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने कार्यक्रम तय गरिएकाे छ ।

संघले अाज काठमाणडाैंमा पत्रकार सम्मेलन गरी अान्दाेलनका कार्यक्रमबारे जानकारी गराएकाे हाे । मुलकी संहितामा गरिएकाे ब्यवस्थाले प्रेस स्वतन्त्रता हनन् हुने भन्दै देशभरका पत्रकारहरू पनि अान्दाेलनमा छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *