देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर चिकित्सकहरु सडकमा

बेसीशहर, भदौ  १७।

नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर चिकित्सकहरु सडकमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरुले आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग उनीहरूले गरेका छन्र् ।
लमजुंगमा चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना  दिएका छन् । लमजुंग जिल्ला सामुदायिक अस्पताल, लमजुंग माेडेल अस्पताल, बेसीशहर हस्पिटलमा कार्यरत चिकित्सकहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले मुलुकी संहितामा नयाँ गरिएकाे ब्यवस्था संशाेधनकाे प्रक्रिया अघि नबढेसम्म अान्दाेलन जारी राख्ने बताएका छन् ।

लमजुंग माेडेल अस्पतालका डा. तिलक घिमिरेले नयाँ मुलुकी संहिताकाे ब्यवस्थाले चिकित्सकहरूकाे मनोवल गिराउने भन्दै साे व्यवस्था सच्याउन आग्रह गर्दै चिकित्सक संघकाे केन्द्रीय कार्यक्रम अनुसार अान्दाेलनमा उत्रनु परेकाे बताउनुभयाे ।

काठमाडौंमा पनि माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले सम्बाेधन गरे ।

सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कालाे कानूनकाे नाम दिएका छन् ।

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने ब्यवस्था नयाँ मुलकी अपराध संहिताको प्रावधानमा राखिएकाे छ । यसका विरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उपचारकाे क्रममा कुनै बिरामीकाे मृत्यु भइहाले उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठन गर्न माग गरेका छन् ।

आफुहरु कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वास्थ्यकर्मीको विरुद्धमा रहेको मुलुकी अपराध संहिताका कारण आम जनतालाई पर्ने असरबारे आवाज बुलन्द गर्न आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *