हर्राबाेटमा जमराकाे अमृतरस र याेग तथा प्राकृतिक स्वास्थ्यका बारे चर्चा हुने

बेसीशहर, १७ भदाै ।
क्यान्सर जस्ताे प्राणाघातक राेगमा समेत अमृत सरह मानिएकाे गहुँ तथा जाैकाे जमराकाे सेवन र याेग तथा प्राकृतिक चिकित्साकाे बारेमा हर्राबाेटमा अन्तरक्रिया हुने भएकाे छ ।
सर्वोदय सेवाश्रमद्वारा सञ्चालित प्राकृतिक स्वास्थ्य क्लब मा यहि भाद्र भाद्र २५  र २६ गते याे कार्यक्रम अायाेजना हुनेछ । साे अवसरमा नेपालमा अमृत रस ( जमराको जुस ) को मानिसको जीवनमा कति महत्व छ भन्नेबारेमा विगत १० बर्ष देखि अनुसन्धान र प्रयोग गर्दै आउनु भएका योगि पवन बहादुर महताराले अमृत रसकाे बारेमा जानकारी दिने र याेग जीवनशैलीबारे चर्चा गर्ने कार्यक्रम रहेकाे छ ।
साे अवसरमा याेग, प्राकृतिक चिकित्सा लगायतका विषयमा चर्चा गरिनुका साथै इच्छुकहरुले ताज़ा गहुं र जौ को जमराको अमृत रस सेवन गर्न पाउने छन् ।  अायाेजकले जमराको अमृत रस भने सःशुल्क उपलब्ध गराउने बताएकाे छ । अमृत रस १ डोज़ को रु १५०।- पर्ने अायाेजकले जनाएकाे छ । जमराकाे अमृत रस पेटका सम्पूर्ण रोगहरु , पायल्स् , अल्सर क्यान्सरको प्रथम चरणका अवस्था , थाईराइड , रक्त विकारका समस्या , महिलाहरुको सेतो पानि बग्ने महिनावारि गडबडि लगायतका विभिन्न समस्यामा अत्यन्तै प्रभावकारि मानिन्छ ।
साे कार्यक्रममा अमृत रस सेवन गर्न चाहने र उक्त कार्यक्रममा सहभागि हुन चाहनेले यहि भाद्र २३ गते भित्र नाम दर्त गराउन सर्वाेदयले अनुराेध गरेकाे छ । सम्पर्कका लागि ९८५६०४५१३९ ,९८४६१८०२१४ ,९८४१६९२३९५ फाेन गर्न सकिने बताइएकाे छ ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *