खहरे खाेलाले मान्छे बगायाे, खाेजी जारि

बेसीशहर, भदाै १८ । अाइतबार दिनभर परेकाे अविरल बर्षाका कारण उर्लिएकाे उदिपुरकाे खहरे खाेलाले एक जनालाई बगाएकाे अपुष्ट खबर प्राप्त भएकाे छ ।

भदाै १७ गते श्री कृष्णजन्माष्टमिको साँझ करिब ७:३० बजे साँझ खहरे खोलाले एक पुरुषलाई बगाई बेपत्ता बनाएको स्थानीय गाेविन्द प्रसाद अधिकारीले बताउनु भयाे ।

यद्यपि प्रहरिले यसकाे पुष्टि गरेकाे छैन । स्थानियले मान्छे बगाएकाे खबर गरेपछि  भोटेवडारबाट आएको सुरक्षा बल र स्थानीय गरि सयौंको सङ्ख्यामा मानिसहरु जम्मा भई खाेजतलास गर्दा फेला नपरेकाे प्रहरिले जनाएकाे छ । निरन्तरको वर्षा र बढ्दै गरेको खोला रातको समय साथै मोटर बाटो भन्दा तल खोलाको वरपर जान नसकिने भएकोले  अाईतबार खाेज सम्भब हुन नसकेकाे र साेमबार बिहानैबाट पुन खाेज तलास जारि राखिएकाे ईलाका प्रहरी कार्यालय भाेटेअाेडारले जनाएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *