दक्षिण एशीयाकै अग्लाे झाेलुंगे पुल मनाङमा, गिनिजबुकमा नाम लेखाउने तयारी

विश्वकाे सबैभन्दा अग्लाे पुल चीनमा छ । तर दक्षिण एशीयामा अग्लाे पुलकाे खाेजी गर्ने हाे भने हिमाल पारीकाे जिल्ला मनाङ पुग्नु पर्छ । मनाङकाे ड्राेना खाेलामाथि बनाइएकाे झाेलुंगे पुल दक्षिणा एशीयाकै सबभन्दा अग्लाे पुल दावी गरीएकाे छ ।

मनाङकाे निसाेङ गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने नाचे गाउँ र वडा नं. ८ काे थाेचें गाउँ जाेड्ने ड्राेनाखाेलामाथि बनाइएकाे झाेलुंगे पुल नै दक्षिण एशीयाकाे अग्लाे र विश्वकाे पाँचाै अग्लाे पुल दावी गरिएकाे हाे । मनाङकाे तल्लाे धारापानीबाट माेटरबाट पनि स्पष्टरूपमै याे पुल देख्न सकिन्छ ।

मनाङकाे नाशाेङ गाउँपालिकाका प्राविधिकहरूले पुलकाे नापजाँच गरी यस्ताे दावी गरेका हुन् । पुलकाे उचाइ ४१२ मिटर र लम्बाइ १ सय ३५ मिटर छ । पुलबाट खाेलासम्म  फिता लगाएरै जाँच गरिएकाे हाे । गाउँपालिकाका इिन्जीनियर सुभास पाण्डेय लगायतकाे टोलिले पुलको वास्तविक उचाई पत्ता लगाएको हो । पुल निर्माण गरिएपनि बास्तविक उचाई सार्वजनिक भएको थिएन ।

उक्त झाेलुंगे पुल २०७२ सालमा निर्माण भएको हाे । प्राविधिकहरूका अनुसार हालसम्म विश्वको तथ्यांक हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्गे पुल ५ सय ६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४ सय ९६, पुल्ली पुल ४ सय ८५, एची पुल ४ सय ३४ मिटर अग्लो रहेकाे छ । यी चार पुल पछि मनाङकाे ड्राेना खाेलामा रहेको पुल नै अग्लो भएको दावी स्थानीयहरुको पनि छ ।
हाल सम्ममा नेपालको अग्लो झोलुङ्गे पुल भनेर पर्वतकाे सदरमुकाम कुस्मामा रहेकाे पुललाइ मानिन्छ । उक्त  पुलको उचाई जम्मा १ सय ६६ मिटर रहेकाे तर ड्राेमा खाेलाकाे पुलकाे उचाइ ४ सय १२ मिटर भएकाले याे नै नेपालकाे अग्लाे पुल हुनुपर्ने दावी नाशाेङ गाउँपालिकाका इञ्जिनियर सुभास पाण्डेयकाे छ ।

प्राविधिकले पुलकाे उचाइ नापेपछि मनाङीहरू पुलकाे प्रचार प्रसार गरी थप पर्यटक मनाङ भित्राउन उत्सुक छन् ।

नाशोङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भीमबहादुर गुरुङ भन्छन्– याे हाम्राे सम्पति हाे, यसकाे प्रचार देशभरी गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ । ‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौं।’

मोटरबाटो नभएकोले गाउँलेलाई हिडडुल गर्न ४ बर्षअघि पुल बनाईएको हो । मनास्लु पदमार्गमा पर्ने याे झोलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो बाटोमा पर्छ । खोलामा पुल नहुदा धेरै सास्ती ब्यहोर्नु परेपछि सरकारसंग हारगुहार गरी ०७२ सालमा पुल बनाइएकाे नाशाेङ गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए ।

गुरूङले याे झाेलुङ्गे पुललाई सम्पदाको रुपमा स्थापित गराउन सरकारसँग आग्रह गर्ने बताए । ‘तिलिचो तालजस्तै यो पुल पनि हामी विश्वमा चिनाउन चाहान्छौं । अाशा छ सरकारले हाम्राे अाग्रह सुन्ने छ ।’ गुरूङले भने – हाम्राे मात्र प्रयासले यसकाे प्रचार प्रसार सम्भव नहाेला, पत्रकारहरू र सरकारले ध्यान दिए यसकाे भरपुर प्रचार हुनेछ ।’

ड्राेमा खाेलाकाे याे पुलकाे उचाइबारेकाे नयाँ खुलासाकाे श्रेय मनाङमा रहेर पत्रकारिता गर्दै गरेका पत्रकार नवीन लामिछानेलाइ जान्छ । कयाैं पटक साे पुलमा अाेहाेर दाेहाेर गरेका लामिछानेलाइ पछिल्लाे पटक पुलकाे उचाइबारे जिज्ञासा भयाे । उनले नाशाेङ गाउँपालिका प्रमुखसंग पुलकाे उचाइ नाप्ने बारे कुरा गरे ।

पुलकाे उचाइका कारण याे विश्वका पर्यटक यहाँ अाउन सक्ने, अान्तरिक पर्यटक पनि बृद्दि हुने र मनाङ र नाशाेङ गाउँपालिकाकै नाम चर्चामा अाउने भएकाले गाउँपालिका यसमा तयार भयाे । पत्रकार लामिछानेले भने– ‘मैले पुलकाे उचाइ नापजाँच गर्न प्राविधिक पठाइदिन लिखित निवेदन नै  दिएँ , गाउँ पालिका पनि तयार भयाे, मेराे अनुमान सही भयाे ।’

लामिछानेका अनुसार अब याे झाेलुङ्गे पुललाइ गिनिज बुकमा नाम लेखाउने बारे पनि नाशाेङमा छलफल शुरू भएकाे छ । यसका प्रावधानहरूका बारेमा बुझ्ने काम भइरहेकाे उनले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *