मर्स्याङदी गाउँपालिकाले  पनि ताेक्याे कर 

बेसीशहर, १९ भदाै ।

लमजुङकाे उत्तरी क्षेत्रमा पर्ने मर्स्याङदी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हाेमस्टे सञ्चालकहरूसंग पनि कर  लिने भएकाे छ ।

गाउँसभाले निर्णय गरे अनुसार ब्यवसायीक कर लिने सन्दर्भमा हाेमस्टेसंग पनि कर लिन लागिएकाे हाे । जस अनुसार अबदेखि हाेमस्टे सञ्चालकले बार्षिक ५ सय रूपैयाँ कर तिर्नु पर्नेछ ।

मर्स्याङदी  गाउँपालिकामा हाेमस्स्टे फस्टाउँदाे छ ।हाेमस्टेलाई व्यवसायिक रुपमा लानका लागि गाउँसभाले व्यवसायिक कर लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले वताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाले गाउँमा होमस्टे प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने र त्यसबाट गाउँलेको आयस्रोत पनि वृद्धि भएको छ ।

हाल गाउँ पालिका भित्रका १३ गाउँका ९०  वढी घरमा होमस्टे सञ्चालनमा रहेको छ । हाेमस्टे प्रमुख रूपमा घनपाेखरा, सिउरूङ,ढंगै, मिप्रा, छापा, भुष्मे, खानीगाउँमा चलेका छन् भने अन्य ठाउँमा पनि तयारी गरिएकाे छ ।

गाउँपालिकाले  व्यवसायिक करकाे हकमा साधारण होटललाइ १ हजारदेखि २ हजारसम्म, रेष्टुरेष्टलाई ५ सयदेखि १ हजार ५ सय सम्म, चिया पसललाई २ सयदेखि ५ सय सम्म, चटपट पसल र पूजा सामग्री पसललाई ३ सयदेखि ५ सय सम्म, पानी उद्योगलाई १ हजार ५ सयदेखि २ हजाररुपैयाँसम्म कर तोकेको छ । गाउँ सभाले ९ वटा अनुसूची बनाएर करिव ३० शिर्षकमा कर तथा शुल्क तोकेको उपाध्यक्ष हाेमबहादुर वि.कले बताउनुभयाे ।

गाउँसभाले हाँस, कुखुरा तथा पक्षीजन्य वस्तु बाहिरबाट ल्याउदाँ २ रुपैयाँ, खसीबोकामा प्रतिगोटा ५ रुपैयाँ, राँगा, भैंसी र बंगुर प्रतिगोटा १० रुपैयाँ कर तोकेकोछ । याे कर सामान्य किसानले विक्री गर्दा भने लगाइने छैन ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *