होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अध्यक्षमा ठकुरी

बेसीशहर, १९ भदाै ।

लमजुङमा हाेटल तथा रेष्टुरेण्ट ब्यवसायीहरूले अाफ्नाे हक, हितका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला तदर्थ समिती गठन छन् ।  लमजुङ उद्याेग बाणिज्य संघकाे पहलमा बेसीशहरमा रहेका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरूकाे साेमबार सम्पन्न भेलाले समिति गठन गरेकाे हाे ।

संघको अध्यक्षमा बेसीशहरकाे शेरास्थित ग्रीन कटेज रेष्टुरेण्ट एण्ड भान्छाघरका सञ्चालक  मावन सिं ठकुरी चयन भएका छन् ।  ९ सदस्यीय संघको उपाध्यक्षमा लक्ष्मी सत्याल, सचिवमा नारायण श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश घले चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा किशोर कुमार बस्नेत, यम बहादुर लोहनी, सञ्जय गुरुङ, तुलसी नारायण श्रेष्ठ र चन्द्रसिं गुरुङ चयन भएका छन् ।

समिति गठन पछि नवगठित संघका अध्यक्ष ठकुरीले अाफू होटल व्यवसायीहरुको हक हितमा सदैव लागिपर्ने प्रतिवद्धता जनाएका छन् । होटल तथा रेष्टुरेन्टहरुकाे क्षेत्रमा धेरै समस्या रहेकाे भन्दै उनले सबैकाे सहयाेग लिएर ब्यवसायीहरूकाे हितमा काम गर्ने बताएका छन् ।

समिति गठन अघि लमजुङ उद्योग वाणिज्य संघले बेसीशहरका होटल तथा रेष्टुरेण्ट व्यवसायको समस्याबारे  व्यावसायीसँग छलफल गरेको थियाे । होटल संचालकहरुको जिम्मेवारी र पुर्‍याउनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवाल, तृतिय उपाध्यक्ष अशोक अधिकारी, महासचिव कृष्णजंग गुरुङ लगायत होटल रेष्टुरेण्ट व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघकाे हलमा साेमबार सम्पन्न भएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *