जापानमा २५ वर्ष यताको सबैभन्दा शक्तिशाली समुद्री आँधी

जापानमा २५ वर्ष यताको सबैभन्दा शक्तिशाली समुद्री आँधी अाएको छ । अाँधीका कारणा १० लाखभन्दा बढी मानिसहरू घर छाडी सुरक्षित स्थलतर्फ गएका छन्।

जेबी नाम दिइएको उक्त शक्तिशाली समुद्री आँधी जापानकाे दक्षिणी क्षेत्रमा  आएको  र त्यसले ठूलो वर्षाका साथै १७२ किलोमिटर प्रतिघण्टाको वेग भएको हावाहुरी ल्याएको जापानी अधिकारीहरूले बताएका छन् ।

अाँधीले ओसाका खाडीमा आँधीले एउटा ट्याङ्करलाई उडाएर पुलमा ठोकाइदिएको थियो भने क्योटोमा एउटा रेल स्टेशनको छत खसेको जनाइएकाे छ।

जापानी समाचार संस्था क्योदोका आँधीबेहरीका कारण कम्तीमा छ जनाको ज्यान गइसकेको  तर आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा त्यसको शक्ति घट्दै जाने अनुमान गरेकाे छ।

स्थानीय समयअनुसार मङ्गलवार मध्याह्नतिर उक्त आँधी शिकोकु टापुको जमिनको सम्पर्कमा आएको र त्यसपछि होन्शु टापुमा फैलिएको थियो।

आँधीका कारण दशौँ हजार मानिसहरूको घरको विद्युत् आपुर्ति अवरुद्ध भएको छ ।

आँधीका कारण जापानमा सयौँ हवाई सेवा, रेल तथा डुङ्गा सेवाहरू रद्द गरिएको छ। कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग डुबानमा परेको छ।

प्रधानमन्त्री शिन्जो आबेले एउटा आपत्कालीन बैठक डाकेर मानिसहरूलाई “आफ्नो जीउज्यानको रक्षा गर्न आवश्यक कदम चाल्न र बेलैमा सुरक्षित स्थानमा ठाउँ सर्न र तयारीहरू गर्न” आह्वान गरेका छन्। स्राेतः बिबिसी

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *