समाचार (लघुकथा )

सुधिर कुमार सुमन

“हैन आजकल यी पत्रकार ले काम पाउँदैनन क्या हो। जस्तो पनि समाचार भन्यो छाप्यो।समाचार नपाए बरु चुप लागेर बस्नु नि।देश बनाउने भिजन को समाचार पनि छाप्नु नि कहिले काहीँ त।” ऊ चिया पसल मा बसेर पत्रीका पल्टाउँदै कराउँदै थियो।

“हैन कस्ता समाचार छन र भन्या । यसरी कराउनु पर्ने”। मैले चासो राख्दै सोधें।

“के हुनु उहीँ हत्या,हिंसा,बलात्कार,भष्ट्राचार,लुटपाट बाहेक के नै हुन्छ र।दिक्क लाग्दो”। ऊ अझ बर्बराउँदै थियो ।

म चिया को चुस्की मा ब्यस्त भैरहेको थिएँ ।

एका एक ऊ समाचार पढेर हाँस्न थाल्यो।अघि सम्म रिसाइ रहेको मानिस हाँसेको देखेर अचम्म लाग्यो। खुसुक्क उसले पढेको समाचार तिर आँखा दौडाएँ ।
समाचार मा लेखिएको थियो ” सय रुपियाँ मा हनिमुन मनाएर समाजमा उदाहरण बनेका जोडीको सामाजिक संजाल मा चर्को बिरोध ।”


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *