निजामती सेवा दिवसका अवसरमा बेसीशहरमा सरसफाई अभियान

बेसीशहर, भदाै २० ।

निजामति सेवा दिवस २०७५ को अवसर पारेर निजामती सेवा दिवस जिल्ला समारोह समिति लमजुङको आयोजनामा बिहीवार बेसीशहरमा सरसफाई अभियान सञ्चालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार विहान जिल्ला जनस्वास्थ्य कार्यालय बाहिरको सडकबाट सरसफाइ अभियान शुरु गरिएको हो । त्यहाँबाट क्याम्पस रोड हुँदै सातबिसेसम्म र प्रशासन चोकदेखि तल र माथि दुवैतिरको सडकमा सरसफाइ अभियान चलाइएको थियो ।
यस अभियान अन्तर्गत बेशीशहर नगरको समग्र बजार व्यवस्थापनको सन्दर्भमा जथाभावी फोहर नफाल्न , तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गर्न, सडक र पैदलयात्री हिड्ने मार्गमा जथाभावी निर्माण सामग्री, ठेलागाढा नराख्नं आग्रह गरिएको थियो ।
कार्यक्रममा राजनीतिक दलका नेता एवं कार्यकर्ता ,स्थानीय जनप्रतिनिधिूहरू, सरकारी कार्यालयका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, उद्योगी व्यवसायीहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरु विभिन्न टोलमा रहेका आमा तथा बाबा समूहहरू, बेशीशहर नगर क्षेत्रमा रहेका युवा क्लव, टोल सुधार समितिका सदस्यहरू, निजी क्षेत्रका बैक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा गत भदौ ५ गते बसेको कार्यालय प्रमुखहरुको वैठकले निजामति सेवा दिवस भब्य एवं सभ्य रुपले मनाउने सन्दर्भमा सरसफाई अभियान समेत सञ्चालन गर्ने निर्णय गरिए अनुसार कार्यक्रम गरिएको हो ।
निजामति सेवा दिवसका अवसरमा यस अघि पुरुष तथा महिला कर्मचारीबीच खुल्ला दौड प्रतियोगिता तथा युगल ब्याडमिण्टन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *