लमजुङ कारागार, सुधारगृह भन्दा यातनागृह बढी

शान्ता कमली

बेसीशहर, २० भदाै ।

कारागारलाइ सुधार गृहकाे रूपमा लिइन्छ । तर  लमजुङ  सदरमुकाम बेसीशहरमा रहेकाे कारागार भने सुधारगृह भन्दा पनि यातना गृहकाे रूपमा विकास भइरहेकाे छ ।
कारागारकाे क्षमता भन्दा अत्याधिक बढी वन्दी राखिएका कारणा कारागार सुधारगृह कम, यातना गृह बढी देखिएकाे हाे । क्षमता भन्दा बढी भएकै कारणा वन्दीहरू न त अारामले खान बस्न पाएका छन्, न धारा, शाैचालयकाे प्रयाेग नै अारामले गर्न पाएका छन्र । वन्दीहरूकाे संख्या कारागारकाे क्षमता भन्दा बढी भएका कारण वन्दीहरूकाे ब्यवस्थापनमा समस्या उत्पन्न भएकाे छ।

जिल्ला कारागार ३५ जना वन्दी मात्र राख्ने क्षामताकाे हाे । तर यहाँ अहिले ८१ जना वन्दीहरू कष्टपूर्ण रूपमा सजाय भाेगिरहेका छन् । ८१ मध्ये ९ जना महिला छन् । वन्दीहरूमध्ये २० जना पुर्पक्षका लागि थुनामा गएका हुन् । उनीहरूकाे मुद्दा फैसला हुन बाँकी छ । ६१ जनाले भने अाफ्नाे अपराधकाे सजाय कटाइरहेका छन् ।

कारागार शाखा लमजुङ २०२८ सालमा सदरमुकाम अाएपछि बनाइएकाे हाे । तर अ्हिले ४७ बर्ष पछि पनि कारागारकाे भाैतिक रूपमा स्तराेन्नति गरिएकाे छैन । कारागार भवन पनि जीर्ण भैसकेकाे छ । जीर्ण भएकै कारणा दुइ बर्ष अघि कारागारकाे पूर्वतर्फकाे पर्खाल भत्किएकाे थियाे । भवनमा छाइएकाे जस्ता पनि खिया लागेर चुहिने गरेकाे वन्दीहरूकाे गुनासाे छ ।

कारागारमा पुस्तकालय, टीभि, क्यारमबाेर्ड लगायतका खेल तथा मनाेरञ्जनका सामग्री रहे पनि पर्यप्त हुन सकेकाे छैन । संख्या धेरै, सामग्री भने थाेरै हुँदा समस्या छ । महिला बन्दीका समस्या झनै धेरै छन् ।

भवन साँघुराे भएका कारण वन्दीहरूलाइ एउटै कोठामा कोचिएर सुत्नुपर्ने अवस्था छ । वन्दीकाे संख्या अनुसार धारा, शाैचालयकाे ब्यवस्था नहुँदा निकै समस्या पर्दै अाएकाे छ ।  शौचालयका लागि लाइन लाग्नुपर्ने अवस्था हुँदा कसैलाइ पखला चल्याे र कसैलाइ कब्जियत भयाे भने  सबैलाइ सकस हुने गरेकाे छ ।

सानाे ठाउँमा धेरै वन्दीलाइ काेचिएर बस्दा कसैलाइ सरूवा राेग लाग्याे भने धेरैजना  विरामी पर्ने गरेका छन् ।

कारागारको क्षमता बढी कैदी बन्दी हुँदा उहनीहरूको उपचारमा समेत समस्या हुने गरेको कारागार व्यवस्थापनले जनाएको छ । जेलर तीर्थ बहादुर अधिकारीले अाफूले बन्दीहरूका समस्या धेरै पहिले देखि सरकारलाइ जानकारी गराएकाे भए पनि कारागार सुधारका लागि ठाेस पहल नभएकाे बताउनु भयाे ।

जिल्ला कारागारकाे स्तराेन्नति गर्ने विषयमा धेरै पहिलेदेिख चर्चा हुने गरे पनि चर्चामै सिमित बनेकाे छ । सरकारले कारागारकाे भवन नयाँ बनाएर वन्दीहरूलाइ पर्यप्त काेठा, शाैचालय, अध्ययन कक्ष, खेल तथा ब्ययम कक्ष लगायत वन्दीहरूका अाधारभूत सुविधाकाे ब्यवस्था नगरेसम्म कारागार सुधार केन्द्र भन्दा यातनागृहकाे रूपमा रहने पक्का छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *