खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पाेखराका विशाल खड्का र विधान अधिकारीलाइ

बेसीशहरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखरेली खेलाडीले जितेका छन् ।
हरितालिका तीजको अवसरमा लमजुङ मस्र्याङदी युवा क्लवले आयोजना गरेको पाँचौ खुल्ला तथा दोस्रो प्रवीणकुमार कायस्थ स्मृति युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल खड्का विधान अधिकारीले ले जितेका हुन् । आज बेसीशहरमा फुलबारी बहुद्देश्यीय मञ्चमा भएको फाइनल खेलमा सिन्धुपाल्चोकका रमेश श्रेष्ठ र श्रेष्ठ लाई २१÷७,२१÷१७ सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । उपाधिसंगै उनीहरुले नगद ४० हजार, ट्रफी, स्वर्णपदक र प्रमाण पत्र प्राप्त गरेका छन् ।


दोस्रो स्थानमा चित्त बुझाएका सिन्धुपाल्चोकका रमेश श्रेष्ठ र विकास श्रेष्ठले २५ हजार नगद ट्रफि, रजत पदक र प्रमाणपत्र पुरस्कार पाए ।

तृतीय स्थानमा चित्त बुझाएका पोखराका खेम केसी शम्भु श्रेष्ठ तथा धादिङका विशन श्रेष्ठ र विष्रणुलाल श्रेष्ठले नगद १० १० हजार पुरस्कार पाए ।
विजयी खेलाडीहरुलाई लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, क्लवका अध्यक्ष जुन तामाङ, क्लवका सल्लाहकार तथा लमजुङ ब्याडमिन्टन संघका अध्यक्ष कृष्णकुमार प्रधान, खेलका संयोजक विजय श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले कुनै पनि देशको विकासको अवस्था मापन त्यस देशको खेलको स्तरले गर्ने गरिएको भन्दै भौतिक पूर्वाधारको अभावमा देशभर खेलकुदको विकास हुन नसकेको सन्दर्भमा लमजुङमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुने चानचुने कुरा नभएको बताउनुभयो ।
प्रजिअ ढकालले अनुशासन, संस्कार र शान्ति सुरक्षाका लागिसमेत खेलकुदको महत्व हुने भन्दै खेलकुदको विकास नभै स्वस्थ जीवनको समेत कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले लमजुङमा कभर्ड हलको आवश्यकता महशुस भएको भन्दै यसका लागि जिल्ला खेलकुद विकास समितिलाई सक्रिय बनाउन आपूmले समेत भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगितामा लमजुङदेखि काठमाण्डौंसम्मका गरी ३६ टीमले सहभागिता जनाएका थिए । क्लवले हरेक बर्ष तीजका अवसरमा राष्ट्रब्यापी खुल्ला युगल ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *