बाढी र पहिराेले बाहुनडाँडा र रामबजारमा केही घर बगायाे, क्षतिकाे विवरण अाउन बाँकी

मिलन शर्मा दनाइ

बेसीशहर २७ भदाै ।

लमजुङकाे उत्तरी क्षेत्रकाे मर्स्याङदी गाउँपालिकाका विभिन्न ठाउँमा पहिराेले ठूलाे क्षति पुर्याएकाे छ । बाहुनडाँडा, अर्खले, रामबजारमा बाढी र पहिराेले क्षति पुर्याएकाे खबर भए पनि क्षतिकाे यकिन विवरण अाइसकेकाे छैन ।

बर्षापछि ताघ्रिङकाे रामबजार र बाहुनडाँडामा विपत्ती अाएकाे छ । रामबजारमा खाेलामा बाढी अाएर दुइ घर बगाएकाे अपुष्ट खबर छ ।

तस्वीर रविन्द्र घिमिरे

मुसलधारे बर्षाका कारणा बाहुनडाँडामा ठाउँठाउँमा पहिराे खसेपछि स्थानीय बासीन्दा अातंकित भएका छन् । पहिराेले केही घर बगाएकाे, केहीमा क्षति पुर्याएकाे खबर छ । यद्यपी अहिलेसम्म मानविय क्षतिकाे खबर अाएकाे छैन ।

तस्वीर रविन्द्र घिमिरे

 

हरितालिका तीज मनाइरहेका बेला मुसलधारे बर्षापछि गाउँमा पहिराे चलेकाे र बाहुनडाँडा बजार नेर केही घर पहिराेमा परेका छन् । ठूलाे बर्षाका कारणा गाउँका ठाउँ ठाउँमा साना ठूला पहिराे खसेका कारण पुरै गाउँ अातंकित भएकाे हाे ।

स्थानीय रविन्द्र घिमिरेका अनुसार पहिराेले गाउँमा गनिनसक्नु गरी साना पहिरा गएका छन् ।

प्राप्त सूचना अनुसार स्थानीय चन्द्रकान्त घिमिरे र गिरबहादुर परियारकाे घर पहिराेले अाधा बगाएकाे छ । संगै अक्कलबहादुर अधिकारीकाे घरकाे पाली र बाख्राकाे खाेर पहिराेले लगेकाे छ । लाेकनाथ घिमिरे र सम्झना घिमिरेकाे घरमा पनि क्षति पुगेकाे छ ।

पहिराेले स्थानीय एक चर्च पनि पुरेकाे छ ।

तस्वीर रविन्द्र घिमिरे

बाहुनडाडाकाे देवीथान डाडोबाट आएको पहिरो दिङदिङ गाउँ सम्म आएको र पहिराेले बाहुनडाँडाकाे फुटबल मैदान बगाएकाे र तलकाे खेत पनि पुरेकाे स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी यादव ढकालले बर्षापछि पहिराे अाएकाे खबर अाए पनि क्षतिकाे पुरा विवरण अाइनसकेकाे बताउनुभयाे ।

अहिले पहिराेग्रस्त क्षेत्रमा स्थानीय प्रहरी चाैकीका सुरक्षाकर्मी र स्थानीय बासीन्दाले उद्दारकाे काम गरिरहेका छन् ।

उता स्याँगेमा पनि मुसलधारे बर्षाले ठूलै क्षति पुर्याएकाे छ ।  स्थानीय नरबहादुर गुरूङले बर्षाले ठाउँ ठाउँमा पहिराे खसेकाे र स्याँगे नजिकै एक घरमा ढुंगा खसेर एक स्थानीयकाे बाख्रा खाेर बगाएकाे बताउनुभयाे । बर्षा नराेकिएकाे र साना खहरे खाेलामा पनि बाढीले तर्न नसकिने अवस्था भएकाले क्षति बारे बुझ्न सकिएकाे छैन ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *