लमजुङमा बाढीपहिराेकाे प्रकाेप, तीनकाे मृत्यु, चार बेपत्ता

बेसीशहर, २७ भदाै ।

बुधवार दिनभर परेको मुसलधारे बर्षाले लमजुङमा ठूलो धनजनको क्षति पु¥याएको छ । अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परी तीनजनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरुपा थापा र उनकि नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको लमजुङका प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।
साेही गाउँपालिकामा पहिराेसँगै ढुङ्गा खसेर ४६ वर्षीय विष्णु माया गुरुङकाे मृत्यु भएको छ ।

यसैगरी, मर्स्याङ्दी गाउँपालिका, ३ अर्खलेबेँसीमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ७० वर्षीय ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नाम नखुलेका एक वृद्ध रहेका छन् ।

बाढिमा चारजना बेपत्ता भएका छन् भने आधा दर्जन घर बगाएको छ भने दर्जनौ घरहरुमा क्षति पुगेको छ ।

बाढीका कारण दोर्दी खोला जलविद्युत आयोजना अन्तर्गत हिमालयन पावर पार्टनरको विद्युत गृह बनाउदै गर्दा रसुवा कन्सट्रक्सनमा काम गर्ने दुई जनालाई मस्र्याङदीले बगाएको हो । मस्र्याङदी नदीको वहाव बढे पछि विद्युत गृहमा काम गर्दै गरेका बर्दिया घर भएका बलिराम चौधरी र लक्ष्मण थारूलाइ मस्र्याङदीले बगाएको हो ।
त्यस्तै मुसलधारे बर्षा पछि मस्र्याङदी गाउँ पालिकाको अर्खलेमा दुइजना हराइरहेका छन् । उनीहरुको पहिचान खुली नसके पनि बाढीले दुइ जनालाइ बगाएको आशंका गरिएको छ । अर्खलेमा तीन घर बाढीले बगाएको छ ।
बर्षा पछि मस्र्याङदी, ङादी, खुदी लगायतका नदी खोला र ससाना खोल्साहरूमा पनि पानीको सतह ह्वात्तै बढेको छ । स्थानीय प्रशासनले नदी खोलाको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन अपील गरेको छ ।
बर्षापछि मस्र्याङदी नदीमा पानीको सतह बढेपछि माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएको छ । उत्तरी लमजुङका विभिन्न भागमा साना खोल्साहरू बढेर तर्न नसकिने अवस्था छ ।
ताघ्रिङको रामबजारमा स्थानीय तोप्रो खोलाले स्थानीय दीपबहादुर गुरूङ र अन्य एकजनाको घर बगाएको छ । दीपबहादुरको बाख्राको खोरसमेत बाढीले बगाएको छ । सोही खोलामा आएको बाढीले एक ट्रयाक्टर र दुइ मोटरसाइकल बगाएकोे स्थानीय नरबहादुर गुरुङले बताए । गुरुङका अनुसार स्यांगेमा स्थानीय खुशीराम परियारको बाख्रा खोरमा ढुंगा खसेर ८÷९ वटा बाख्रा मरेका छन् ।
मुसलधारे बर्षाका कारणा बाहुनडाँडामा ठाउँठाउँमा पहिरो खसेपछि स्थानीय बासीन्दा आतंकित भएका छन् । पहिरोले केही घर बगाएको, केहीमा क्षति पुर्याएको खबर छ ।
हरितालिका तीज मनाइरहेका बेला मुसलधारे बर्षापछि गाउँमा पहिरो चलेको र बाहुनडाँडा बजार नेर केही घर पहिरोमा परेका छन् ।
स्थानीय रविन्द्र घिमिरेका अनुसार पहिरोले गाउँमा गनिनसक्नु गरी साना पहिरा गएका छन् ।

बाढीले बाहुनडाँडामा पुर्याएकाे क्षति । तस्वीर साैजन्य रविन्द्र घिमिरे

पहिरोले स्थानीय चन्द्रकान्त घिमिरे र गिरबहादुर परियारको घर पहिरोले आधा बगाएको छ । संगै अक्कलबहादुर अधिकारीको घरको पाली र बाख्राको खोर पहिरोले लगेको छ । लोकनाथ घिमिरे, चन्द्रकान्त घिमिरे, गिरबहादुर परियार र सम्झना घिमिरेको घरमा पनि क्षति पुगेको छ ।
पहिरोले बाहुडाँडाको एक चर्च पनि पुरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी यादव ढकालले बर्षापछि पहिरो आएको खबर आए पनि क्षतिको पुरा विवरण आइनसकेको बताउनुभयो ।
उत्तरी लमजुङमा पहिरोका कारण ठाउँ ठाउँमा विद्युतका पोल लडेपछि विद्युत आपूर्ति समेत बन्द भएको छ ।
बर्षाका कारण ठाउँ ठाउँमा पहिरो झरे पछि बेसीशहर चामे सडक अबरुद्ध भएको छ । बेसीशहरबाट मनाङतर्फ गएका सवारीहरू खोलामा बाढी आउने र ठाउँ ठाउँमा पहिरो झरेपछि अलपत्र परेका छन् । अलपत्र पर्नेमा विदेशी पर्यटक समेत रहेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *