लमजुङ बाढी पहिराे अपडेट

बेसीशहर भदाै २७ ।

मुसलधारे बर्षाका कारणा मर्स्याङदीले दुइ जना बगाएकाे छ । दाेर्दी खाेला जलविद्युत अायाेजनाकाे प्रवद्धक हिमालय पावर पार्टनर काे ठेकेदार कम्पनी रसुवा कन्सट्रक्सनमा काम गर्ने दुइ मजदुर बलिराम चाैधरी र लक्ष्मण थारूलाइ बगाएकाे छ । दुवै बर्दियाका भएकाे बुझिएकाे छ ।

मुसलधारे बर्षा पछि अर्खलेमा दुइजना हराइरहेका छन् । बाढीले दुइ जनालाइ बगाएकाे अाशंका गरिएकाे छ । अर्खलेमा तीन घर बाढीले बगाएकाे छ ।

खुदीकाे तरापुमा पहिराेले अतिरूपा थापा र सिरक थापालाइ पुरेकाे भए पनि उनीहरूलाइ उद्दार गरी अस्पताल लगिदै छ । उनीहरू सिकिस्त छन् ।

बर्षा पछि मर्स्याङदी, ङादी, खुदी लगायतका नदी खाेला र ससाना खाेल्साहरूमा पनि पानीकाे सतह ह्वात्तै बढेकाे छ ।

माथिल्लाे मर्स्याङदी ए जलविद्य ुत अायाेजनाकाे बाँधका सबै ढाेका खाेलिएकाे छ ।

साना खाेल्साहरू बढेर तर्न नसकिने अवस्था छ ।

रामबजारमा स्थानीय ताेप्राे खाेलाले ट्रयाक्टर र दुइ माेटरसाइकल बगाएकाे र दुइघर बगाएकाे छ । एक घर दीपबहादुर गुरूङकाे परेकाे छ ।

बेसीशहरबाट मनाङतर्फ गएका सवारीहरू खाेलामा बाढी अाउने र ठाउँ ठाउँमा पहिराे झरेपछि अलपत्र परेका छन् । यात्रुमध्ये कतिपय विदेशी पर्यटक छन् ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *