भाेटेअाेडारमा भाेडीखर्केसंगै युक्त गुरूङकाे पनि शालिक बन्ने

बेसीशहर, भदाै ३० ।

सुन्दरबजार नगरपालिकाकाे वडा नं ८ भोटेवडारबजारस्थित बगैचामा लमजुङका लाेक गीतका दुइ हस्तीकाे शालिक रहने भएकाे छ ।

यसअघि स्व. भेडीखर्के साइँला (दीर्घराज अधिकारी)काे शालिक निर्माण गर्ने भनिएकाेमा पछिल्लाे समय अर्का गायक तथा संगीतकार युक्त गुरूङकाे पनि साेही ठाउँमा शालिक राख्ने निर्णय भएकाे हाे । यसअघि भेडीखर्के साइँलाकाे शालिक राख्न सुन्दरबजार नपाका मेयर जनकराज मिश्रद्वारा शिलान्यास समेत भएको स्थानमा दुवैकाे शालिक राख्न लागिएकाे हाे ।

यस सम्बन्धमा बिहीबार भाेटेअाेडारमा बसेकाे एक वैठकले निर्णय लिएकाे हाे । पार्ककाे नाम भेडीखर्के साईला ( दिर्घराज अधिकारी ) युक्त गुरुङ स्मृति पार्क राख्ने निर्णय भएकाे छ ।

सुन्दरबजार नगरपालिका वडा नं ८ को वडा कार्यालयको कार्यकक्षमा बसेको बैठकले निर्माण समिति र सल्लाहाकार समिति समेत पुनर्गठन गरेको छ। वैठकले स्व. भेडीखर्के साईलाका जेठा छोरा गंगाप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति पुनर्गठन गरेकाे हाे । त्यस्तै संबिधानसभा सदस्य जमिन्द्रमान घले, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, सिभिल बैकका सिईअो गोबिन्द गुरुङ, बरिष्ठ कलाकार कृष्ण गुरुङ, नगरपालिकाकाे वडा नं ८ र ९ का वडाअध्यक्षहरुसमेत रहने गरी ११ सदस्यीय सल्लाहाकार समिति पुनर्गठन भएको छ ।

देउबहादुर दुराले शुरू गरेकाे लमजुङे ठाडाे भाकाकाे अथक साधना गरी यसलाइ देशविदेशमा फैलाएर नेपाली र विशेषगरी लमजुङकाे लाेकसंस्कृतिलाइ धनी बनाएका भेडीखर्के साइँला ठाडाे भाका शिराेमणीकाे नागरिक सम्मान प्राप्त कलाकार हुन् । ठाडाेभाकाका मूर्धन्य ब्यक्तित्व भेडीखर्के साइलाको जन्म १९९० सालमा साविक लमजुङकाे सिन्दुरे गाउँमा भएकाे हाे । १२ बर्षको कलिलो उमेरदेखि ठाडो भाका गाउन थालेका साइलाले दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई उचाइमा मात्र पुर्याएनन्, उनकाे बिँडाे थाम्दै देशविदेशसम्म फैलाए । ठाडो भाकालाइ  पश्चिमाञ्चलकै लाेकभाका र सम्पत्तिका रुपमा उनले चिनाएका हुन् ।

त्यस्तै युक्त गुरूङले पनि नेपाली लाेकगीत र संगीतकाे क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै उनकाे सम्मानमा शालिक बनाउन लागिएकाे हाे । नेपाली लाेकगीतका साथै गुरूङभाषाका दर्जनाैं गीत रचना गर्नुका साथै उनले ती गीतमा स्वर र संगीत पनि दिएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *