निर्माण ब्यवसायी मिश्रको दुर्घटनामा परी निधन

बेसीशहर, असोज १ ।
लमजुङमा शनिबार भएको सवारी दुर्घटनामा परी घाईते भएका युवा ब्यवसायी प्रदिप मिश्रकाे अाज निधन भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको पहिरेमा शनिवार उनी सवार भएकाे बा ७४ प २०१४ नम्बरकाे माेटरसाइकल दुर्घटना भएको थियाे ।
भोटेओडारबाट सुन्दरबजार तर्फ जाँदै गर्दा भोटेओडारको पहिरेमा उनी सवार भएको मोटरसाइकल नालीमा खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी सिकिस्त घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियाे । उनकाे छातीमा गम्भीर चाेट लागेकाे र उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो । उनीसंगै माेटरसाइकलमा सवार अर्का एकजना भने सामान्य घाइते भएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ मिश्रटार घर भएका मिश्र निर्माण ब्यवसायी थिए । न्यू क्रियटीभ कन्स्ट्रक्सनका प्रोपाइटर रहेका मिश्र लगनशील र मिलनसार ब्यवसायीको रुपमा परिचित थिए । उनी निर्माण ब्यवसायी र अन्य ब्यवसायीका साथै साथीभाइबीच पनि लाेकप्रिय थिए ।

यसैबीच नेपाल निर्माण ब्यवसायी संघ लमजुङले मिश्रको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ । अध्यक्ष पूर्णचन्द्र पाखरेल र कोषाध्यक्ष शंकर बस्नेतले सोमबार शोक विज्ञप्ती जारी गरी मिश्रको निधनप्रति शोक प्रकट गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *