प्रशासनद्वारा बजार अनुगमन, पसलैपिच्छे म्याद गुज्रिएका सामग्री

बेसीशहर असाेज २ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले  मंगलबारदेखि विशेष बजार अनुगमन सुरु गरेको छ । चाड पर्व नजिकिएसंगै स्थानीय प्रशासनले बजार अनुगमनलाइ तीब्रता दिएकाे हाे ।

सहायक प्रमुख जिल्ला मनाेहर थापाकाे नेतृत्वमा  अाज निस्केकाे अनुगमन टाेलीले बेसीशहर बजारका १२ वटा पसलहरूमा अनुगमन गरेकाे छ । अनुगमनका क्रममा विगतकै जस्ताे पसलहरूबाट थुप्रै म्याद गुज्रिएका खाद्ध पदार्थहरू भेटिएका छन् ।

अनुगमनबाट बरामद भएकाे खाद्य सामग्री

 

चाडपर्व नजिकिँदै जाँदा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने,  अखाद्य मिसावट, म्याद गुज्रिएका खाद्य पदार्थ भेटिनु पुरानै परम्परा हाे । यस पटककाे अनुगमनमा पनि त्यस्तै अवस्था देखिएकाे सहायक प्रमुख जिल्ला अधिकारी मनाेहर थापाले बताए ।

बरामद अाखाद्य तथा म्याद गुज्रिएका खाद्यपदार्थ नष्ट गर्ने तयारी गरिँदै ।

अनुगमनका क्रममा बजारमा चाउचाउदेखि तरकारीमा हाल्ने मसला र चियापत्तीसम्म म्याद गुज्रिएकाे तर बिक्रीमा राखिएकाे पाइएकाे थापाले बताउनुभयाे ।  बजारबाट अनुगमन टाेलीले नरिवल, दालमाेठ, काजु, चामलकाे पीठाे, घीउ, तेल, सुपारी, बेसार, कुरकुरे, सुजी, पाउराेटी, ग्लुकाेज, गरम मसला, चाउचाउ, रियाे, फेन्टा लगायतका खाद्य सामग्री बरामद गरीकाे छ ।

स्थानीय प्रशासन, नगरपालिका, काेलेनिका,  कृषि ज्ञानकेन्द्र, भेटेरीनरी अस्पताल, राष्ट्रिय उपभाेक्ता  मञ्चका प्रतिनिध, उद्याेग बाणिज्य संधका पदाधिकारी, प्रहरी लगायत अनुगमनमा सहभागी थिए ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरण राेक्न र गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको सहायक प्रजिअ मनाेहर थापाले बताए ।
अनुगमनका क्रममा ठूलाे परिमाणमा उत्तम ब्राण्डकाे अखाद्य ताेरीकाे तेल पनि बरामद भएकाे थापाले जानकारी दिनुभयाे । मनाङ जिल्लाका लागि पठाउन लागिएकाे साे ताेरीकाे तेल बेसीशहरकाे मनाङे चाैतारमा रहेका एक किराना पसलबाट बरामद गरीएकाे हाे ।
अखाद्य र म्याद गुज्रिएका सामान नष्ट गर्न खाल्डाे खनिदै
“धन्न मनाङकाे सडक बाढीपहिराेले क्षतिग्रस्त भएकाले मनाङ पुग्न पाएन, र यही बेला हामीले अनुगमन गर्याैं ।”  सप्रजिअ थापाले भन्नुभयाे “उत्तम ब्राण्डकाे तेललाइ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले नै अाखाद्य भनिसकेकाे छ ।” यस्ता वस्तु बजारमा  विक्रीका लागि राखेर उपभाेक्ताकाे स्वास्थ्यमाथि खेलवाड भइरहेकाे उहाँले बताउनुभयाे ।

बजार अनुगमन गरी भेटरीनरी अस्पतालकाे पिकअप भ्यान भरेर म्याद गुज्रिएका सामग्री बरामद गरी ल्याइएकाे थियाे । ती सामग्रीलाइ सुरक्षित ठाउँमा लगेर नष्ट गरिएकाे बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत शम्भू घिमिरेले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *