बाढीपहिराेमा बेपत्ता लामा मृत भेटिए, पाेष्टमार्टमपछि परिवारकाे जिम्मा लगाइयाे

बेसीशहर असोज २ गते ।
मर्स्याङदी नदीमा साेमबार फेला परेको शव गत भदाै २७ काे बाढी पहिराेमा परी अर्खलेबेसीबाट बेपत्ता भएका राजु लामा भनिने तुलसीप्रसाद तामाङकाे भएकाे भएकाे पुष्टी भएकाे छ ।

राइनास नगरपालिकाको घुमाउने भन्ने स्थानमा साेमबार अज्ञात ब्यक्तिको शव फेला परेपछि बेसीशहरस्थित सामुदायिक अस्पतालमा राखिएकाेमा मंगलबार परिवारले पहिचान गरेका हुन् ।

गत भदौ २७ गते बाढीपहिरोमा परी बेसीशहर नगरपालिकाको वडा नंं ११ रामचोकबेसीबाट हराएका दोर्दी खोला जलविद्युत आयोजनाका मजदुर बलिराम चौधरी र लक्ष्मण थारु अझै  बेपत्ता छन् ।

भदाै २७ काे भीषणा बाढी र  पहिराेले लमजुङकाे मस्र्याङदी गाउँपालिका वडा नंं. ३ तरापु पल्लो टारीका अतिरूपा थापा र सिरस थापा तथा सोही गाउँपालिकाको वडा नंं ४ अर्खलेबेसीका ललितमाया गुरूङ र साेही गाउँपालिकाका ४ कै विष्णुकली गुरुङको पनि मृत्यु भएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *