मर्स्याङदीमा शब भेटियाे, सनाखत हुन बाँकी

बेसीशहर असोज २ गते ।
मस्र्याङदी नदीमा आइतबार एकजनाको शव फेला परेको छ । राइनास नगरपालिकाको घुमाउने भन्ने स्थानमा आइतबार अज्ञात ब्यक्तिको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक रमेश श्रेष्ठले भोटेओडारको फूलबारी पारीपट्टी घुमाउनेमा आइतबार शब फेला परेको र शबको पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर पठाइएको जानकारी दिए ।
प्रहरीका अनुसार अहिलेसम्म सो शवको सनाखत हुन सकेको छैन । सनाखत नगरी पोष्टमार्टम गर्न उपयुक्त नहुने भएकाले अहिले शवलाई सामुदायिक अस्पतालको शवगृहमा राखिएको छ ।
गत भदौ २७ गते बाढीपहिरोमा परी मस्र्याङदी गाउँपालिकाको अर्खलेबेसीबाट बेपत्ता भएका राजु लामा र बेसीशहर नगरपालिकाको वडा नंं ११ रामचोकबेसीबाट हराएका दोर्दी खोला जलविद्युत आयोजनाका मजदुर बलिराम चौधरी र लक्ष्मण थारु अझै  बेपत्ता छन् ।
आइतबार फेला परेको सो शब बाढीमा परी बेपत्ता भएकामध्ये एकजनाको हुन सक्ने अनुमान गरिएको छ । हराएकाहरुमध्ये अहिलेसम्म कोही पनि फेला नपरेका र यीबाहेक अन्य कोही हराएको वा वेपत्ता भएको सूचना नआएकाले सो शव उनीहरुमध्ये एकजनाको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएपी यादव ढकालले बताए ।

शब फेला परेपछि सनाखतका लागि बेपत्ता तीनै जनाको परिवारजनलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । उनका अनुसार अहिले बेपत्ता भएका राजु लामाका छोरा र परिवार सनाखतका लागि आउँदै छन् । शबको सनाखत भएमा आजै पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

भदाै २७ काे भीषणा बाढी र  पहिराेले लमजुङकाे मस्र्याङदी गाउँपालिका वडा नंं. ३ तरापु पल्लो टारीका अतिरूपा थापा र सिरस थापा तथा सोही गाउँपालिकाको वडा नंं ४ अर्खलेबेसीका ललितमाया गुरूङ र साेही गाउँपालिकाका ४ कै विष्णुकली गुरुङको मृत्यु भएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *