संविधान कार्यन्वयनका सबैले जिम्मेवारी पुर्वक भुमिका निर्वाह गर्नुपर्ने

बेसीशहर, असाेज ३ गते ।
संविधान कार्यन्वयनका लागि सबै राजनीतिक दल, नागरिक र सबै तहका सरकारले जिम्मेवारी पुर्वक भुमिका निर्वाह गर्नुपर्ने अाज अायाेजित एक कार्यक्रमका बक्ताहरूले बताएका छन् ।
मर्स्याङ्दी गाउँपालिकाले भुलभुलेमा अायाेजना गरेकाे संविधान दिवसका अबसर पारेर संविधान कार्यन्वयनको अबस्था र बाढी पहिरोले सिर्जित समस्य र समाधानमा सरोकारवालाको भुमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले यस्ताे धारणा राखेका हुन् ।
कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका सदस्य धनञ्जय दवाडीले संविधान निर्माण र संघीयतामा जाने काम सकिएकाले अब दुवैकाे कार्यान्वयन गर्ने बेला भएकाे भन्दै कुनै एक पक्षले मात्र संविधानका पालना गरेर मात्र संविधान कार्यान्वयन नहुने बताउनुभयाे । संघीयता नेपालका लागि नाैलाे अभ्यास भएकाले केही असहज भए पनि देशकाे विकासका लागि संघीयताकाे अावश्यकता महशुस गरेर नै देशमा संघीयता अाएकाे उहाँकाे भनाइ थियाे ।
संविधानसभाका सदस्य जमीन्द्रमान घलेले कयाै कठीन परिस्थिति पार गरेर मात्र देशमा नयाँ संविधान निर्माण भएकाे भन्दै कार्यान्वयन प्रमुख चुनाैति रहेकाे बताउनुभयाे ।
कार्यक्रममा ने.क.पा.का नेता बम बहादुर थापा, ने.क.पा.का प्रतिनिधि महेन्द्र थापा, नेपाली काङ्ग्रेसका प्रतिनिधि नर बहादुर गुरुङ, जिल्ला समन्वय समिती सदस्य नन्दराम बि.क सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, आर.सि.डि.सि. का अध्यक्ष राजेन्द्र बोहरा, माथिल्लो मर्स्याङ्दी ´ए`जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष जीत बहादुर गुरुङलगायतले बाेल्नु भएकाे थियाे ।
कार्यक्रममा हालैकाे बाढी पहिराेले पुर्याएकाे क्षतिका बारेमा पनि चर्चा गरीएकाे थियाे । सहभागी वक्ताहरूले बाढीपहिराेमा क्षति पुगि पीडितहरुलाई राहतका लागि सबैको सहयोग हुने बताएका थिए ।
साे अवसरमा गाउँपालिकाका उपाध्यक्ष होम बहादुर बि.क.ले बाढी पहिरोबाट पुगेको क्षतिको विवरण र अध्यक्ष अर्जुन गुरुङले विपदको समय गाउँपालिका र जिल्ला प्रशासन बाट भएका प्रयास र राहतका लागि अगामी योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सहकारी, संघ संस्था र ब्यक्ति हरुले बाढीपहिराे पीडितका लागि सहयोगको राशी घोषणा गरेका थिए । कार्यक्रम पश्चात विपत ब्यबस्थापन समितिको बैठक बसि क्षतिको प्रकृति बमोजिम राहतको ब्यबस्थापन र कोष संचालन तथा ब्यबस्थापन कार्यबिधी -२०७४ संसोधनका लागि कार्यपालिका बैठकमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको थियाे ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *