संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड

शान्ता कमली

असोज ३ गते ।
संविधान दिवसका अवसरमा लमजुङमा बुधबार आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य जमीन्द्रमान घलेले संविधान कार्यन्वयनमा सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसका भावना र मर्मलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।
घलेले संविधानको धारा र उपधारामा भएको अधिकारलाई जनताले उपयोग गर्न पाउनुपर्ने बताउनुभयो । नेपालको संविधानलाई उत्कृष्ट संविधानको रुपमा हेर्नुपर्ने बताउँदै उहाँले संविधानले मानव अधिकार, बालबालिकाको अधिकार लगायत सबै अधिकारलाई समावेश गरेको बताउनुभयो । संविधान कार्यन्वयन भए मुलुकको भविष्य राम्रो हुने उहाँको भनाई छ ।
कार्यक्रममा बेशिसहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले नेपालको संविद्यान २०७२ उत्कृष्ट संविधान रहेको भन्दै कार्यन्वयका लागी सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेस लमजुङका सभापती भेषबहादुर पौडेल, अन्तरपाटी महिला सञ्जालकी लमजुङकी अध्यक्ष शोभा थापा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा र नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङले मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्दै मुलुक संविद्यान कार्यन्वयनको पक्षमा रहेकाले कार्यन्वयनलाई सबैले ध्यान दिनुपर्ने बताएका थिए । जिल्ला समन्वय समितीका प्रमुख एवम् संविधान मुल समारोह समितीका अध्यक्ष लोकराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले गर्नुभएको थियो । संविधान दिवस मुल समारोह समिति लमजुङको आयोजनामा बेसीशहरमा प्रभातफेरी र्याली समेत निकालिएको थियो । बेसीशहरको मनाङेचौताराबाट सुरु भएको पन्चेबाजा सहितको ¥यालीले बेशीसहर बजार परिक्रमा गरी शेराचोक हुदै जिल्ला समन्वय समितीको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, नेपाली सेना,नेपाल प्रहरी, विभीन्न विद्यालयका शिक्षक र विद्यार्थी, आमा समुह,युवा क्लव र संचारकर्मी सहभागी भएका थिए । दिवसकै अवसरमा राइनस नगरपालिकाले सर्वोदय सेवाआश्रममा रहेका वृद्धवृद्धालाई फलफुल वितरण गरेको छ । राइनस नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले वृद्धवृद्धालाई फलफुल वितरण गर्नुभएकोे सर्वोदय सेवाआश्रमका अध्यक्ष कृष्णराज ओलीयाले जानकारी दिनुभयो । संविद्यान दिवसको अवसरमा जिल्लाका आठ वटै स्थानिय तहले विभीन्न कार्यक्रम सञ्चालन गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *