सार्वजनिक यातायात बन्द, बस चलाउनेलाइ कालाेमाेसाे

बेसीशहर, असाेज ४ गते ।

चाडबाडकाे मुखैमा लगातार तीनदिनसम्म सार्वजनिक सवारीहरू नचलेपछि लमजुङमा पनि यात्रुहरू समस्यामा परेका छन् । नीजि सवारी साधनहरू चले पनि भाडाका सार्वजनिक यातायात नचलेपछि कतिपय यात्रुकाे विचल्ली भएकाे छ ।
यातायात मजदुरहरूले नयाँ मुलुकी संहितामा ब्यवस्था गरेकाे कतिपय सजायकाे ब्यवस्थाकाे विराेध गर्दै यातायात मजदुरहरूले हडताल गरेका हुन् । तर ती मजदुर सम्बद्ध संगठनहरूले भने संस्थागत रूपमा बन्द नगरेकाे दावी गरेका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिकाे बन्द टिकट काउन्टर
नयाँ मुलुकी संहितामा सजायँकाे कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।
बेसीशहरमा कालो नम्बर प्लेटका केही ट्याक्सी, नीजि माेटरसाइकल तथा कारहरू र ट्रकहरू मात्र चलेका छन् । सार्वजनिक यातायातका बस तथा मिनीबस, माइक्राेबसहरू फिटिक्कै चलेका छैनन् । बिहान केही चलेका भए पनि पछि यातायात मजदुरहरूले चल्न दिएका छैनन् ।

बुधवारसम्म फाटफुट सार्वजनिक यातायात चले पनि बिहीबार ठप्प भएकाे हाे । ब्यवसायीहरूले बसहरू बसपार्क तथा अन्य विभिन्न ठाउँमा पार्किङ गरी राखेका छन् । बसहरू नचलेपछि लमजुङ कालिका माइक्राे काउन्टर र पृथ्वी राजमार्ग बस सञ्चालक समितिकाे टिकट काउण्टर बिहीबार बन्द छन् । सार्वजनिक यातायात नचलेपछि डुम्रे बेसीशहर तथा बेसीशहर चामे सडक प्राय सुनसान छन् ।

लमजुङ कालिका यातायात सञ्चालक समितिले चालकहरूले गाडी चलाउन नमानेका कारण यातायात नचलेकाे बताएकाे छ । साे समितिका कर्मचारी गंगाबहादुर अधिकारीले बिहान काउण्टर खाेल्न लगाए पनि माइक्राे बसका चालकहरू सवारी चलाउन नमाने पछि काउण्टर बन्द गरिएकाे बताए । उनका अनुसार सवारी चालकहरू सम्पर्कमै अाएका छैनन् ।

तीन दिनसम्म सार्वजनिक सवारीका साधन नचल्दा पनि लमजुङकाे प्रहरी प्रशासनले यातायात सञ्चालन  गराउन कत्ति पनि पहल नगरेकाे  गुनासाे सर्वसाधारणाकाे छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने यातायात चलाउन ट्राफिक प्रहरीलाइ निर्देशन दिइएकाे जनाएकाे छ । हामीले पहल गरेका छाैं, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार भुमिराज घिमिरेले यातायात सञ्चालन गर्न निकै प्रयास गरे पनि चालकहरू नै सम्पर्कमा नअाएकाले समस्या भएकाे बताए । उनका अनुसार बेसीशहरबाट खुदी भुलभुले, ङादी स्यांगे जाने सवारीहरू चले पनि राजमार्गमा सार्वजनिक यातायात नचलेकाे जानकारी दिए । बडाे मुश्किलले चिती तर्फ जाने बस छुटाइएकाे र डुम्रेका लागि एउटा बस तयार गरीएकाे उनले बताए ।

यसबीच बिहीबार बिहान बेसीशहरबाट नारायणगढतर्फ यात्रु लिएर जाँदै गरेकाे एउटा बसका चालकलाइ यातायात मजदुरहरूले समातेर कालाे माेसाे दलेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतकाे ३७६४ नम्बरकाे बसका चालकलाइ  अन्य बस चालकहरूले कालाेमाेसाे दले पछि अन्य सवारी चालकहरूले अाफ्ना सवारी थन्क्याएर राखेका हुन् ।

अाफ्नै बन्दमा साथ नदिएकाे भन्दै यातायात मजदुरहरूले कालाे मासाे दलेपछि बेसीशहरबाट नारायणागढ यात्रु लिएर जाँदै गरेका बसका चालक कालाेमाेसाे दलिए पछ । तस्वीर जीवी घिमिरे

सवारी चालकहरूकाे हड्तालले देशैभर यातायात प्रायः ठप्प छ । काठमाण्डाैं, पाेखरा, चितवन, दाङ, बिराटनगर, नेपालगञ्ज जस्ता ठूला शहरमा पनि यातायात प्राय ः ठप्प छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *