थाेचेंकाे एकघरमा अागलागी, २५ लाखकाे क्षति

नवीन लामिछाने

धारापानी (मनाङ), ६ असाेज ।

मनाङकाे नासाें गाउँ पालिका वडा नंं ५ थाेचेंमा शनिबार एक घरमा अागलागी हुँदा २५ लाख बराबरकाे धनमाल क्षति भएकाे छ ।

अाज मध्यान्ह स्थानीय दावा डाेल्मा गुरूङकाे घरमा अागलागी भएकाे हाे । घरमा काेही नभएकाे बेला अागलागी भएकाले मानवीय क्षति भने भएकाे छैन । चुल्हाेमा अागाे रहेकाे र साेही अागाेमा नजिकैकाे ग्याँस सिलिण्डर लिक भइ पड्के पछि अागलागी भएकाे सीमा प्रहरी कार्यालय धारापानीले जनाएकाे छ ।

अागलागी भएपछि स्थानीयकाे सहयाेगमा अागाे निभाइएकाे थियाे । अागलागीबाट गुरूङकाे घर पूर्ण रूपमा क्षति भएकाे छ । अागलागीबाट घरका नगद, लत्ता कपडा, भाँडा कुँडा, अन्नपात सबै जलेका छन् । घर जलेपछि पीडित गुरूङ छिमेकीकाे घरमा अाश्रय लिएकी छन् । अागलागीबाट नजिकैकाे अर्काे घरमा पनि क्षति पुगेकाे छ ।

अागलागीकाे निरीक्षण गर्दै पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरूङ । तस्वीर नविन लामिछाने ।

यसैबीच नेपाली कांग्रेस मनाङका सभापति तथा पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरूङले अागलागी पीडितलाइ भेटेर सान्त्वना दिएका छन् । अागलागीबाट घर ध्वस्त भएर अर्काकाे घरमा शरण लिन बाध्य उनलाइ अाफ्नाे तर्फबाट सक्दाे सहयाेग गर्ने र स्थानीय गाउँपालिका तथा अन्य सरकारी निकायबाट हुने सहयाेगका लागि पहल गरिदिने अाश्वासन उनले दिएका छन् ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *