जन्मथलाेमा वरीष्ठ भूगोलविद् डा हर्क गुरूङकाे सम्झना

बेसीशहर, असाेज ७ गते ।

वरीष्ठ   भूगोलविद् डा हर्क गुरूङलाइ उनकाे जन्मथलाे लमजुङमा सम्झना गरिएकाे छ ।

डा गुरूङकाे निधन भएका १२ बर्ष पुगेकाे छ । यस अवसरमा उनकाे जन्मस्थान लमजुङकाे भुलभुले ताङ्लीचाेकमा उनकाे स्मृतिमा एक कार्यक्रम अाज सम्पन्न भयाे ।

हर्क गुरूङ स्मृति केन्द्रकाे अायाेजनामा भएकाे कार्यक्रम गण्डकी प्रदेशका अर्थ मन्त्री किरणा गुरूङले उद्घाटन गरे । साे अवसरमा  प्रदेश सभा सदस्य धनन्जय दवाडी, पुर्व राज्य मन्त्री राम बहादुर गुरुङ, संविधान सभा सदस्य जमिन्द्र मान घले लगायतले स्व. गुरूङले नेपालकाे विकासमा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए ।

स्व. गुरूङकाे समाधिस्थलमा अायाेजित कार्यक्रममा सयाैं स्थानीयले भावविह्वल हुँदै उनकाे समाधिमा फूल गुच्छा चढाए ।

स्व. गुरूङकाे समाधिमा फूल खादा चढाउदै स्थानीय । तस्वीर हाेमबहादुर विक ।

स्व. डा गुरूङ  पञ्चायतकालमा राज्यमन्त्री सम्म भएका थिए । उनी रास्ट्रिय योजना आयोगका सदस्य र पछी उपाध्यक्ष सम्म भए । उत्तरी लमजुङको तत्कालीन बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रम संवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति वडा नं. ५, ताङ्लिचोकका बुवा पारसै गुरुङ र माता मैँस्यो गुरुङको ठूलाे कन्छा छोराको रूपमा उनी जन्मेका थिए। बाबुको पछि लागेर लाहुर छिरेका उनले एडीनवरा विश्वविद्यालय वेलायतवाट डिप्लोमा र २०२० सालमा भुगोल विषयमा पीएचडी गरि डाक्टरेट विषयमा पास गर्ने पहिलो नेपाली बने।

डा गुरूङ तत्कालीन नेपालकाे पाँच विकास क्षेत्र, चाैध अञ्चल र पचहत्तर जिल्लामा विभाजित गरी विकेन्द्रीकरणकाे  सिद्धान्तकारकाे रूपमा पनि परिचित छन् ।

लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सकृय थिए। उनी संयोजक रहेको नेपालको बसाइँसराइ अध्ययन गर्ने समितिले सन् १९८३ मा तयार पारेको प्रतिवेदनका कारण  गुरुङ चर्चित मात्र होइन, आलोचित पनि भए। त्यस विवादास्पद प्रतिवेदनका निष्कर्ष र सुझावहरूको विरोध गर्नेहरूले उनलाई झुण्ड्याउनुपर्छ समेत भनेका थिए।

उनको स्पष्ट धारणा भारतसितको खुला सिमानाको आवागमनलाई व्यवस्थित तुल्याउनु पर्छ भन्ने थियो जसलाई त्यस सुझावका विरोधीहरूले सिमाना बन्द गर्नु भन्ने व्याख्या गरेका थिए। डा. हर्क गुरुङ सस्तो लोकप्रियताका पछाडि नलागी आफ्नो ब्रह्मले देखेका सत्य र तथ्य कुरा बोल्थे र लेख्थे ।

डा. गुरुङको अध्ययन र लेखनमा नेपालको जनसङ्ख्यासम्बन्धी विषयले पनि निकै प्रमुखता पाएको थियो। उनले सन् १९९१ को साथै सन् २००१ को जनगणनाको मिहिन विश्लेषण गरेर अनेक पुस्तक र पुस्तिका तयार पारेका छन्। नेपालको अहिलेसम्मका गतिला वैज्ञानिक एटलसहरू उनकै सम्पादन र संयोजनमा निस्किएका छन् ।

हर्क गुरूङ देश विदेशमा ख्याति कमाएका ब्यक्ति भए पनि पञ्चायतकाे अन्तिम रापंस निर्वाचनमा लमजुङबाट उमेदवार भएर पनि चुनाव हारे । उनीसंगै अहिलेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ पनि त्यतिबेला चुनाव लडे पनि लेखनाथ अधिकारीले बाजी मारेका थिए ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर र्फकने क्रममा डा. हर्क गुरुङ चढेको हेलिकप्टर २०६३ असोज ७ गते दर्घटना भएको थियो। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद डाक्टर हर्क गुरुङसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्ना् ज्यान गुमाएका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *