हिन्दु राष्ट्र मुलुकमा अपरिहार्य : प्रदेश अध्यक्ष हेमजंग गुरुङ

सूर्य बाँस्तोला
पोखरा, ७ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले अब नेपालमा हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट बोल्दै प्रदेश अध्यक्ष गुरुङले फलाम तातेको बेलामा आम कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न र सनातन हिन्दु राष्ट्र कायम गर्न एकमात्र राष्ट्रवादी पार्टी राप्रपा भएको बताउँदै सम्पू

र्ण कार्यकर्ताहरुलाई विचलित नभइकन अघि बढ्न आग्रह गर्नुभयो ।
भेलामा केन्द्रीय सदस्य जयलाल पुन, कुल बहादुर गुरुङ कुलु, प्रदेश सचिव बरुण बिक्रम राणा, प्रदेश उपाध्यक्ष गीता गुरुङ, पूर्व केन्द्रीय सदस्य विष्णुदेवी गुरुङ, प्रदेश सदस्य नारायण गुरुङ, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, क्षेत्रीय अध्यक्ष अशिलकुमार शाही, प्रवास विभागका विश्वराज पौडेल, नेता गणेश श्रेष्ठ लगायतले हिन्दु राष्ट्र र राजसंस्था कायम गर्न र पार्टीलाई जल्दोबल्दो बनाउन सबैलाई आग्रह गर्नुभयो । 


जिल्ला अध्यक्ष डा.महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सुष्मा त्रिपाठीले गर्नुभएको थियो भने संचालन पार्टी उपाध्यक्ष कृणराज अधिकारीले गर्नुभएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
अगुवा कार्यकर्ता भेलामा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *