निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै बेसीशहरमा महिलाहरुको प्रदर्शन

बेसीशहर, असोज ११ ।
कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बेसीशहरमा महिलाहरुले प्रदर्शन गरेका छन् ।
बलत्कार पछि हत्या गरीएकी निर्मला पन्तका परिवारले लामो समयसम्म पनि न्याय नपाएको भन्दै नेपाल महिला संघ लमजुङले बेसीशहरमा विरोध ¥याली निकालेको हो । विरोध ¥यालीमा महिलाहरुले हत्या, हिंसा, बलत्कालको अन्त्य गर्न माग गर्दै महिला अधिकार सुनिश्चित गर्न माग मात्र राखेनन्, शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै विरोध जनाए ।
घटना भएको लामो समयसम्म पनि हत्यारा पत्ता लगाइ कानुनी कारबाही गर्न नसक्दा प्रहरी, प्रशासन र सिंगो सरकारकै असक्षमता सिद्ध भएको भन्दै यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिनु परेको महिला संघकी नेतृ विष्णुमाया धितालले बताइन् । उनले देशमा ब्यप्त हत्या, हिंसा, बलत्कार जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्न र दोषीलाई कडा कारबाही दिलाउन र कानुनी राज्यको अनुभूति दिलाउन सरकारसंग माग राख्न जुलुस निकाल्नु परेको धितालले बताइन् ।


महिला संघको जुलुस बेसीशहर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । जिल्ला प्रशासनमा पुगी महिला संघले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
महिला संघले ज्ञापनपत्रमार्फत घटना भएको दुई महिना वित्दा पनि पन्तका हत्यारालाई पत्ता लगाउनका लागि राज्यका संयन्त्र संवेदशनशील ढंगले परिचलान नगरेको गुनासो गरिएको छ । घटना विवरण सुन्दा आङ नै जिरींग हुने भए पनि सरकार यसमा किन गम्भीर नदेखिएको भनि ज्ञापन पत्रमा प्रश्न गरिएको छ ।
ज्ञापनपत्रमा दिनप्रतिदिन नावालिकाहरु बलत्कृत हुने घटना बढ्दै गएका प्रति निन्ता जनाउँदै यस्ता घटनाबाट सरकारप्रति जनताको विश्वास गुम्न लागेको उल्लेख छ । महिला संघले सरकारी संयन्त्र पूर्ण रुपमा परिचालन गरी अनुसन्धानका लागि नयाँ प्रविधिहरु प्रयोग गरी पन्तको बलत्कारी र हत्यारालाई छिटो कानुनको दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न आग्रह गरिएको छ ।
कञ्चनपुर घटनाप्रति सरकारले देखाएको उदासिनताले अपराधी मानसिकता बोककाहरुको मनोबल बढेको भन्दै देशका विभिन्न भागमा बलत्कारक र हत्याका घटना बढेकोमा महिला संघले चिन्ता जाहेर गरेको छ ।
कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको गत साउन १० गते बलत्कार पछि हत्या भएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *