बाढीपहिरो पीडितलाई विभिन्न क्षेत्रबाट राहत अाउने क्रम जारी

बेसीशहर, ११ असोज ।
गत भदौ २७ गतेकोे भीषण बर्षापछि लमजुङको मस्र्याङ्दी गाउँपालिकामा आएको बाढीपहिरोबाट पीडित बनेकाहरुलाई विभिन्न क्षेत्रबाट राहत संकलन गरी मर्स्याङदी गाउँपालिकालाइ उपलब्ध गराइएकाे छ ।
जिल्ला विपद ब्यवस्थापन समिति र मस्र्याङदी गाउँपालिकाले तत्कालै पीडितहरुलाई उद्दार तथा राहतको ब्यवस्था गरेकामा पछिल्ला दिनहरुमा बाढीपहिरो पीडितहरुलाई सहयोगका हातहरु बढ्दै गएका छन् ।
बाढीपहिरोमा परी मृत्यु हुनेका परीवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले राहत सहयोग गरेको छ । त्यस्तै मस्र्याङदी गाउँपालिकाले ५० हजार रुपैयाँका दरले मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ ।
नेपाल रेडक्रस सोसाइटी, कोपाडेस लगायतका गैरसरकारी संस्थाहरुले बाढीपीडितहरुलाई त्रिपाल, जस्तापाता लगायतका सामग्री राहत स्वरुप उपलब्ध गराएका छन् ।
यसबाहेक ब्यक्तिगत रुपमा पनि बाढी पहिरो पीडितका लागि राहत दिनेहरु बढ्न थालेका छन् । मस्र्याङदी गाउँपालिकाको वडा नंं ५ स्याँगे निवासी पर्यटन ब्यवसायी तथा स्थानीय कांग्रेस नेता नरबहादुर गुरुङले ४० हजार रुपैयाँ बाढीपहिरो पीडितलाई प्रदान गरेका छन् । उनले गाउँपालिकाका प्रमुख अर्जुन गुरुङलाई सो राहत रकम हस्तान्तरण गरेका छन् ।

गाउँपालिका प्रमुखलाइ राहत हस्तान्तरणा गर्दै नरबहादुर गुरूङ ।

मस्र्याङदी गाउँपालिका जनप्रतिनिधिले पनि ब्यक्तिगत रुपमा बाढी पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको हालै बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिले आधा महिना बराबरको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
त्यसैगरी गाउँपालिका भित्रका शिक्षकले पनि बाढीपहिरो पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका उपप्रमुख होमबहादुर विकका अनुसार गाउँपालिकाभित्र सामुदायिक र संस्थागतमा गरी ४ सय शिक्षक कार्यरत छन् ।

त्यसैगरि  माथिल्लाे मर्स्याङदी ए जलविद्युत अायाेजना ए काे प्रबर्धक सिनाे हाइड्राे सगरमाथा पावर कम्पनीले पनि बाढीपीडितका लागि सहयाेग गरेकाेनछ । साे कम्पनीले कम्पनीमा कार्यरत चिनीया तथा नेपाली कर्मचारीबाट उठाएकाे १ लाख ४९ हजार ७ सय ६५ रूपैया राहत स्वरूप गाउँपालिकालाइ हस्तान्तरणा गरेकाे छ ।

त्यस्तै मर्स्यङ्दी गाउँपालिका ४ ताघृङमा बाढी र पहिरोका कारण पीडित १० घर परिवार लाई अप्पर स्याङ्गे हाइड्रोपावर लि बाट अति आबस्यक सामाग्रीका साथमा १ लाख १२ हजार रूपैयाँ सहयाेग उपलब्ध भएकाे छ । जनप्रतिनिधि र शिक्षकहरुबाट प्राप्त राहत सहयोग रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिने छ ।

गाउँ पालिकाले बाढीपहिराे पीडितलाइ सहयाेग गर्न इच्छुक ब्यक्तिहरुले मर्स्याङ्दी गाउँपालिकाकाे विपद ब्यबस्थापन कोष ´ सिभिल बैंक भुलभुले शाखाको खाता न:-05810129971118 मा नगद जम्मा गर्न सक्ने ब्यवस्था मिलाएकाे छ ।
बाढीपहिरोमा परी लमजुङमा पाँच जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । मस्र्याङदी गाउँपालिका वडा नंं ३ तरापु पल्लोटारीका अतिरुपा थापा, उनकी नातिनी सिरष थापा, वडा नंं ४ अर्खलेबेसीका ललितमाया गुरुङ, श्रीचौरका विष्णुकली गुरुङ र अर्खले बेसीका राजु लामा भनिने तुलसीप्रसाद गुरुङको बाढीपहिरोमा परी मृत्यु भएको छ ।
भदौ २७ गते नै मस्र्याङदी नदीमा आएको बाढीले बेसीशहरको वडा नंं ११ रामचोकबेसीबाट दोर्दी खोला जलविद्युत आयोजनामा काम गर्ने दुई जना मजदुर बलिराम चौधरी र लक्ष्मण थारुलाई बगाएकोमा उनीहरु अझै बेपत्ता छन् ।
बाढीपहिरोबाट मस्र्याङ्दी गाउँपालिकाका १९ घरपरिवार विस्थापित भएका छन् । ५१ घरमा आंशिक क्षति पुगेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *