सिमलचौरमा स्वास्थ्य चौकी स्थापना

शान्ता कमली
लमजुङ ११ असोज
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ८ भुलभुलेको सिमलचौरमा स्वास्थ्य चौकी स्थापना गरिएको छ ।
प्रत्येक नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सिमलचौरमा स्वास्थ्य चौकी स्थापना गरिएको हो । मस्र्याङ्दी गाउँपालिकाको पहलमा स्वास्थ्य चौकी स्थानिा गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । स्वास्थ्य चौकी नहुँदा स्वास्थ्य सेवाका लागी आफुहरु उपचारका लागी अन्यन्त्र जानुपर्ने थियो अब त गाउँमै सेवा पाउने भयौ स्थानिय सरीता घलेले भनीन् । गाउँमै सेवा पाउने भएसँगै खुसी लागेको छ । गाउँगाउँमा स्वास्थ्य सेवा पुराउनुपर्छ भन्ने सरकारको निती अनुसार स्वास्थ्य चौकी स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

स्वास्थ्य चाैकी उद्घाटनका अवसरमा ज्येष्ठ नागरिककाे स्वास्थ्य परीक्षणा गरीदै । तस्वीर शान्ता कमली

स्वास्थ्य चौकीको मंगलबार गण्डकी प्रदेश सदस्य मायानाथ अधिकारीले उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटन गदै अधिकारीले स्वास्थ्य सेवा सञ्चालन आएसँगै नागरिकले अकालमै ज्यान गुमाउन नपर्ने बताए । उनले भने आर्थिक समस्याका कारण स्वास्थ्य सेवाबाट कुनै नागरिक पनि बञ्चित हुन हुदैन उनीहरुलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्छ ।
गाउँपालिकाले सिमलचौर स्वास्थ्य चौकीमा करार सेवामा एक जना अनमी र खुदी स्वास्थ्य चौकीबाट काजमा एक जना अहेबको व्यावस्था गरेको छ । स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य धनञ्जय दवाडी, संविधान सभा सदस्य जमिन्द्रमान घले, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अजुर््न गुरुङले लगायतले स्वास्थ्य चौकी सञ्चालनसँगै नागरिकका लागी सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए । स्वास्थ्य चौकी गाउँपालिकाको स्थायिन देविस्थान सामुदायिक वनको भवनमा अस्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गरिएको मस्र्याङ्दी गाउँपालिका ८ का वडाध्यक्ष हिरादेवी घलेले जानकारी दिइन् । मंगलबार नै स्थानीय वृद्धवृद्धाको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *