छुवाछुत मुक्त पालिका कार्यन्वयन गर्न सार्वजानिक प्रतिव्रद्धता

भुलभुले, ११ असोज
मुलुकबाट जातीय छुवाछुतको अन्त्य भइ छुवाछुतलाई दण्डनीय अपराधको रुपमा ब्याख्या गरीए पनि समाजबाट जातीय छुवाछुतको अन्त्य हुन सकेको छैन । सामाजिक कुरुतिको रुपमा रहेको यस प्रथालाई समाजबाट हटाइ छुवाछुत मुक्त राष्ट्र घोषणाको संकल्नलाई मुर्त रुप दिन लमजुङको मस्र्याङदी गाउँपालिकामा प्रतिबद्धता जनाइएको छ ।
२०६३ जेठ २१ गते १९ दिने जनआन्दोलनका बलमा पुनस्र्थापित प्रतिनिधि सभाले नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । घोषणा भए पनि समाजमा जातीय विभेद र छुवाछुत कायमै रहेको बेला लमजुङको मस्र्याङदी गाउँपालिकाबाट यसको सामुल अन्त्यका लागि पहल गरिएको हो ।
समग्र विकास सेवा केन्द्र लमजुङ र मस्र्याङ्दी गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार एक समारोहबीच मस्र्याङदी गाउँपालिकालाई छुवाछुत मुक्त पालिका कार्यन्वयनका लागि सार्वजानिक कार्यक्रममा ५ बुदे प्रतिबद्धता सार्बजनिक गरिएको हो ।
गण्डकी प्रदेशका सांसद तथा एमाले नेता मायानाथ अधिकारीको प्रमुख आतिथ्यता र संविधान सभाका सदस्य जमीन्द्रमान घलेको विशेष आतिथ्यमा भुलभुलेमा आयोजित समारोहमा स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल सुधार समितिका संयोजक, सामाजिक तथा जातीय समुदायका अगुवाहरुले प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक समेत रहेका मायानाथ अधिकारीले अशिक्षा र गरीविको कारण छुवाछुत जस्तो कुरुतिले समाजमा डेरा जमाएकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने बताए । कुनै एकको प्रयासले मात्र छुवाछुत अन्त्य नहुने भन्दै अधिकारीले सबैको सामूहिक प्रयासले छुवाछुत जस्ता कुरिती अन्त्य गर्न सकिने धारणा राखे ।
कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घलेले कानुनमा लेखेर मात्र छुवाछुत अन्त्य नहुने भएकाले ब्यवाहारमा उतार्न सबैले हिम्मत गर्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले छुवाछुत अन्त्यका लागि ५ बुँदे प्रतिबद्धता घोषणा गरेका थिए ।
उनले हामि सबै मानिस समान र बराबर अधिकारका भागेदारी हौ, जातिय भेदभाव तथा छुवाछुत सामाजिक कुरीति र सामाजिक अपराध हो ,हामी हाम्रो घर परिवार र समाजमा हुने छुवाछुत तथा भेदभावलाई पुर्ण रुपले अन्त्य गर्न प्रतिवद्ध छौ, नेपालको संविधान ऐन कानुन नियममा उल्लेख भएका छुवाछुत विरुद्ध बनेका कानुनको पुर्ण रुपमा कार्यन्वयन गर्न प्रतिवद्धा छौ र हामी हाम्रो गाउँपालिकालाई जातिय विभेद र छुवाछुत मुक्त गाउँपालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पुर्ण प्रतिवद्ध रहनेछौ भन्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा सबै मानिस समान र बराबर अधिकारका भागेदारी हुन भन्ने कुरामा पूर्ण प्रतिबद्ध रहदै जातीय भेदभाव तथा छुवाछुत सामाजिक कुरीति र सामाजिक अपराध हो भन्ने हामीले बुझेका छौं भनि प्रतिबद्धता जनाइएको थियो ।
त्यस्तै आफ्नो घर परिवार र समाजमा हुने छुवाछुत तथा भेदभावलाई पूर्ण रुपमा अन्त्य गर्न प्रतिबद्धता ब्यक्त गर्दै देशको संविधान, ऐन कानुन र नियममा भएका छुवाछुत विरुद्ध बनेका कानुनको पूर्ण पालना र कार्यान्वयनका लागि पनि प्रतिबद्धता जनाइएको थियो ।
त्यस्तै गाउँपालिकालाई जातीय विभेद र छुवाछुत मुक्त गाउँपालिका बनाउन आवश्यक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइएको थियो ।
कार्यक्रममा नेकपा प्रतिनिधि अजय तामाङ, नेपाली काग्रेसका प्रतिनिधि नरबहादुर गुरुङ जिसस सदस्य नन्दराम बिक, , मस्र्याङ्दी गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रेम बहादुर बस्नेत, वडा नम्बर ८ की वडाध्यक्ष हिरादेवि घले र लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका अध्यक्ष विरेन्द्र भण्डारीले छुवाछुत मुक्त पालिकाका लागि आफ्नो तर्फबाट प्रतिवद्धता जनाएका गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *