दुई सातादेखि अवरुद्ध बेशीशहर चामे सडक अब छिट्टै खुल्ने

बेसीशहर, असाेज १२ गते ।

दुई सातादेखि अवरुद्ध बेशीशहर चामे सडक अब छिट्टै खुल्ने संकेत देखिएको छ । निरन्तरको प्रयासपछि आजै बेलुकीसम्म सडक खुल्ने सम्भावना बढेको हो ।
गत भाद्र २७ र २९ गते आएको भिषण वर्षाका कारण बाढी पहिरोले सडक नराम्ररी क्षति पु¥याएको थियो । बर्षा पछि खहरे खोलाहरुमा आएको बाढी र पहिरोले सडक बगाए पछि बेसीशहर चामे सडकका एकदर्जन बढी ठाउँमा क्षति पुगेकोमा दुई हप्ताको निरन्तरको मर्मत प्रयास पछि सडक खुल्ने अवस्थामा पुगेको छ ।
अर्खलेबेशी देखि रामबजारसम्मका विभिन्न ७ स्थानहरुमा खसेका पहिरो पन्छाई सडक सुचारु गर्न मेशिनहरु प्रयोग गरी बाटो खुलाउने प्रयास जारी रहेको र सम्भवतः आजै बेलुकीसम्म सडक खुल्न सक्ने स्थानीय नरबहादुर गुरुङले जानकारी दिए । सडकमा ठूला ठूला चट्टान खसेका र सामान्य उपकरणले चट्टान हटाउन नसकिए पछि विष्फोटक पदार्थ प्रयोग गरी विष्फोटन गराइ सडक खुलाउने काम भइरहेको उनले बताए । गुरुङले नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारीहरु सडक खुलाउन लागि परेका बताए ।

कतिपय ठाउँमा सामान्य मर्मत गरी सडक सञ्चालनमा ल्याइए पनि कतिपय ठाउँमा सडक भत्केर नयाँ खन्नु पर्ने अवस्था भएकाले सडक पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाइ भएको हो ।
बाढी र पहिरोले जगैदेखि सडक बगाएपछि मस्र्याङदी गाउँपालिकाको घोप्टेभीर, अर्खलेभीरमा काप्रेभीरमा पहरो काटेर पुन सडक बनाउनु पर्ने अवस्था रहेकाले सडक सुचारु हुन ढिलाइ भएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । सडकको भाग वास आउट भइ पूर्ण रुपमा क्षति भएपछि ती क्षेत्रका पहराहरुमा विष्फोट गराएर पहरो फोड्नु परेकोे उनले जानकारी दिए ।


अबरुद्ध बेशीशहर चामे सडक खुलाउन डिभिजन सडक कार्यालय दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारेकोे छ । अहिलेसम्म खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ बेसीशहरबाट अर्खलेबेशीसम्मको सडक सुचारु भइसकेको र अन्य ठाउँमा पनि छिटै सडक सुचारु गराउने प्रयास जारी रहेको ढकालले जानकारी दिए ।
त्यस्तै सडक मर्मतका लागि निर्माणाधीन माथिल्लो मस्र्याङदी जलविद्युत आयोजना १ को ठेकेदार कम्पनी सिनो हाइड्रोका प्राविधिक कर्मचारीसहितको टोली पनि खटिएको छ । सो टोलीले उत्तरी क्षेत्रबाट हेवी उपकरण प्रयोग गरी रामबजार घोप्टेभिर खण्डकोे सडक मर्मत गरिरहेको छ ।
बेशीशहर मनाङ सडकको विभिन्न स्थानहरुमा विष्फोटन गराइ सडक सुचारु गर्न आवश्यक पर्ने विष्फोटक पदार्थ र जेनेरेटर सहित कम्प्रेशर मेशिन व्यवस्था गरिएको प्रजिअ ढकालले बताए । उनका अनुसार सडक खुलाउनका लागि अर्खलेबेशी तर्फबाट मात्र डिभिजन सडक कार्यालय दमौली, हेभिइक्यूप्मेन्ट डिभिजन कार्यालय, पोखरा र क्षेत्रमा वि पी सीद्धारा प्रवर्द्िधत विद्दुत आयोजनाको गरी तीनवटा मेशीन प्रयोग गरिएको छ । मस्र्याङदी गाउँंपालिकाको अर्खलेभीरमा रहेको पहरोमा विभिन्न स्थानमा प्वाल पारी विष्फोट गराइएको सडक खुलाउन प्रयास गरिएको छ ।
बेसीशहर चामे सडक अबरुद्ध हुँदा लमजुङको उत्तरी भेगका बासीन्दा र सिंगो मनाङ जिल्ला प्रभावित बनेको छ । मनाङ प्रवेशको एकमात्र विकल्प रहेको सो सडक अबरुद्ध हुँदा मनाङका बासीन्दा पनि नराम्ररी प्रभावित भएका छन् ।
त्यस्तै लमजुङबाट मनाङ हुँदै अन्नपूर्ण पदयात्रामा जाने पर्यटकलाई पनि सडक नखुल्दा निकै सास्ती भएको छ । यतिबेला पर्यटक आउने सिजन शुरु भैसके पनि सडक नखुल्दा पर्यटकहरुले धमाधम भ्रमण रद्द गर्दा पर्यटन ब्यवसायीहरु मारमा परेका छन् । यद्यपी छिटफुट पर्यटकहरु पैदल मार्ग प्रयोग गरी भ्रमणमा गइरहेका छन् ।
सडक नखुल्दा मनाङ जिल्लामा खाद्यान्न आपूर्तिमा पनि समस्या परेको छ । खाद्यन्नसहित तरकारी तथा मासुजन्य पदार्थको ढुवानी बन्द भएको छ ।
लमजुङका प्रजिअ ढकालले मनाङको लाइफ लाइनको रुपमा रहेको उक्त सडक छिटो भन्दा छिटो खुलाइ जनसमुदायको अवातजावत सहज बनाउन र जनताका लागि अत्यावश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन लमजुङ र मनाङ प्रशासनले हरदम प्रयास गरिरहेको जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *