बाढिपहिरो पिडितलाई लमजुङ सेवा समिति हङकङको सहयोग

शान्ता कमली

बेसीशहर असाेज १४

मस्र्याङदी गाउँपालिकाका वाढि पहिरो पिडितलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग प्रदान गरेको छ ।

अविरल वर्षपछि गत भदौ २७ गते आएको वाढि पहिरोबाट प्रभावितलाइै समितिले सहयोग गरेको हो । समितिले गाउँपालिकाभित्र बाढीपहिरोमा परी ज्यान गुमाएका ५ जनाको परिवारलाई १०/१० हजार रुपियाँ दिएको छ ।

पहिरोमा परि ज्यान गुमाएका मस्र्याङ्दी गाउँपालिका ३ तरापु, पल्लोटारीका ६० बर्षीया अतिरुपा थापा र उनकी नातिनि शिरस थापाको परिवारलाई प्रति मृतक १० हजारका दरले २० हजार रुपैयाँ प्रदान गरिएको छ । उक्त राहत रकम शिरसका बुवा महेन्द्र थापालाई आज हस्तान्तरण गरिएको हो । त्यस्तै पहिरोमा परि ज्यान गुमाएका विष्णुकली घले, तुलसीप्रसाद तामाङ र गणेशमाया गुरुङको परिवारलाई १०/१० हजार रुपैया राहत प्रदान गरिएको छ । उक्त राहत रकम लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घले, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले र सदस्य मिना गुरुङले संयुक्त रुपमा पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

समितिले मस्र्याङदी गाउँपलिकाको विपद् व्यवस्थापन कोषलाई समेत ५० हजार रुपैया सहयोग गरेको छ । उक्त सहयोग रकम समितिका पदाधिकारीले आज गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र उपाध्याक्ष होमवहादुर विकलाई हस्तान्तरण गरेका हुन् ।

रोजगारीको सिलसिलामा हङकङ वस्दै आएका लमजुङ्गेहरुले सामाजिक सेवा गर्ने उद्धेश्यले ४० लाखको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट प्राप्त व्याजमार्फत् पहिरोपिडितलाई सहयोग प्रदान गरिएको समतिका संरक्षक जमिन्द्रमान घलेले वताउनुभयो । समितिले शिक्षा, स्वास्थ्य, विपद् लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *