लमजुङमा सार्वजनिक यातायातकाे नयाँ भाडादर कायम

बेसीशहर, असाेज १४ गते ।

लमजुङमा सार्वजनिक यातायातकाे नयाँ भाडादर कायम गरीएकाे छ । अाइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात व्यवस्थापन समिति लमजुङको बैठकले नयाँ भाडादर निर्धारणा गरेकाे हाे ।

झणडै तीन घण्टा चलेकाे वैठकमा जिल्लामा यात्रुवाहक सवारी साधन संचालन भइरहेका कतिपय सडक रूटहरूमा भाडा दर निर्धारण हुन नसकेको र निर्धारण भएका विभिन्न सडक रूटहरूमा पनि तोकिए बमोजिम भन्दा बढी  भाडा लिइरहेको गुनासो र जिल्लामा भित्रका सडकहरुको मर्मतसुधार सम्बन्धमा समीक्षा गर्दै नयाँ भाडादर निर्धारणा गरिएकाे प्रजिअ झंकनाथ ढकालले बताए ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको गत असाेज ७ गतेको सूचना एवं विगतमा लमजुङमा निर्धारण गरिएको भाडा दरलाई मध्यनजर गरी जिल्लाका विभिन्न रुटहरुमा नयाँ भाडादर कायम गरिएकाे हाे ।

भाडादर ठूलाे बस र माइक्राेबसकाे छुट्टाछुट्टै निर्धारणा गरिएकाे छ । जस अनुसार अब ठूलाे बसमा बेसीशहर काठमाण्डाैंकाे भाडा ४ सय र माइक्राे बसमा ४ सय ६० कायम गरिएकाे छ । त्यस्तै बेसीशहरबाट पाेखराका लागि ठूलाे बसकाे २ सय ६५ र माइक्राे बसकाे ३ सय १५ कायम गरिएकाे छ । त्यस्तै बेसीशहर नारायणगढकाे भाडा ठूलाे बसकाे २ सय ३५ र माइक्राे बसकाे ३ सय १० कायम गरिएकाे छ ।

वैठकले जिल्लाभित्रकाे नयाँ भाडादर पनि तय गरेकाे छ ।  नयाँ ताेकिएकाे भाडादर निम्नानुसार छ ।

सडकको रुट कायम गरिएको भाडादर (रु.मा) कैफियत
बेसीशहर–काठमाण्डौ (बस) ४००।–  
बेसीशहर–काठमाण्डौ (माइक्रोबस) ४६०।–  
बेसीशहर–पोखरा (बस) २६५।–  
बेसीशहर–पोखरा (माइक्रोबस) ३१५।–  
बेसीशहर–नारायणगढ (बस) २३५।–  
बेसीशहर–नारायणगढ (माइक्रो बस) ३१०।–  
बेसीशहर–गोरखा (बस) २३५।–  
बेसीशहर–वीरगंज (बस) ५००।–  
बेसीशहर–सुनौली (बस) ५५०।–  
बेसीशहर–भकुण्डे १५ ।–  
बेसीशहर–गैरी १५ ।–  
बेसीशहर– दलाल २५।–  
बेसीशहर–उदीपुर ३०।–  
बेसीशहर–रामादी ३५।–  
बेसीशहर–भोटेओडार ४०।–  
बेसीशहर –सिउंडीबार ४५।–  
बेसीशहर –पाउंदी ५०।–  
बेशीशहर–डुम्रे ११० ।–  
बेसीशहर– खुदी ५०।–  
बेसीशहर –खुदी– घनपोखरा १५० ।–  
बेसीशहर –भुलभुले ६०।–  
बेसीशहर–ङांदी ९५।–  
बेसीशहर –ठूलीबेशीं १४५ ।–  
बेसीशहर–बाहुनडांडा २२०।–  
बेसीशहर–थाकनडांडा १०० ।–  
बेसीशहर–स्यांगे – श्रीचौर ३००।–  
बेसीशहर–स्यांगे ३००।–  
बेसीशहर–च्याम्चे ४५०।–  
बेसीशहर–तालडांडा ६००।–  
बेसीशहर–धारापानी ७००।–  
बेसीशहर–चामे १००० ।–  
सिउंडीबार– क्याम्पस गेट मिलनचोकसम्म १५ ।–  
बेसीशहर–सुन्दरबजार ५०।–  
बेसीशहर–खत्रीठांटी ६०।–  
बेसीशहर–खत्रीठांटी– च्यानपाटा २००।–  
बेसीशहर–खत्रीठांटी– च्यानपाटा ठूलो स्वांरा २३०।–  
बेसीशहरखत्री –ठांटी –विमिरेभञ्ज्याङ –भोर्लेटार २३५।–  
बेसीशहर–खत्रीठांटी –पाणेनी– नेटा– बांग्रे २३५।–  
बेसीशहर–खत्रीठांटी –कोइरालाफांट –धुसेनी १८०।–  
बेसीशहर–खत्रीठांटी –कुञ्छा १०५।–  
बेसीशहर–समीफेद ११०।–  
बेसीशहर–वगुवा १२०।–  
बेसीशहर–खत्रीठांटी –कुञ्छा –सोतीपसल १५०।–  
बेसीशहर–चर्दी १५५।–  
बेसीशहर–खत्रीठांटी –कुञ्छा –दुइपिप्ले १६५।–  
बेसीशहर–पराजुलीबेशी १८०।–  
बेसीशहर–खत्रीठांटी– कुञ्छा –दुइपिप्ले भोर्लेटार २००।–  
बेसीशहर–रामबजार २२०।–  
बेसीशहर–खत्रीठांटी– जिताकोट १८०।–  
बेसीशहर–उदीपुर– चिती –तिलाहर हिलेबेशी १६०।–  
बेसीशहर–उदीपुर– रिट्ठेबगर –स्याउता हिलेबेशी(दुवार) १५५।–  
बेसीशहर–उदीपुर– रामचोकबेशीं –पाचोक १६०।–  
बेसीशहर–उदीपुर– रामचोकबेशीं –छोटेखोला १५०।–  
बेसीशहर–उदीपुर–रामचोकबेशीं– किर्तिपुरबेशीं १६०।–  
बेसीशहर– पाउंदी –प्यारजुङ १८०।–  
बेसीशहर –पाउंदी –प्यारजुङ –गौंडा २००।–  
बेसीशहर– तार्कुघाट– राइनास – प्यारजुङ– जोर्नी २५०।–  
बेसीशहर–धमिलीकुवा ८०।–  
धमिलीकुवा– बोराङखोला ७०।–  
बेसीशहर– तार्कुघाट –धमिलीकुवा– वोराङखोला १५०।–  
वोराङखोला –डुम्रे १५०।–  
बेसीशहर–गैरी– नरुवल पाखाथोक– चिसापानी ७५।–  
बेसीशहर–गाउंशहर –बाख्रेजगत –नाल्मा १७५।–  
बेसीशहर–गाउंशहर ७५।–  

वैठकले ताेकिए भन्दा बढी भाडा लिएकाे पाइएमा यातयात सञ्चालकलाइ कडा कारबाही गर्ने निर्णय पनि गरेकाे छ ।

निरन्तरको वर्षा र तत्पश्चात् आएको बाढी पहिरोका कारण जिल्लाका प्रमुख राजमार्ग र  अन्य स्थानीय स्तरका सडकहरुमा समेत क्षति हुन पुगेकोले डुम्रे बेसीशहर चामे सडक खण्डका पहिरोहरु र डिभिजन सडक कार्यालय, दमौलीबाट निर्माण र मर्मत संभार गर्ने जिम्मेवारीमा रहेका यस जिल्लाका सडकहरुको पहिरो हटाउन एवं क्षतिग्रस्त सडक मर्मत संभार गरी तत्काल यातायात सुचारु गर्न डिभिजन सडक कार्यालय, दमौलीलाई अनुरोध गर्ने निर्णय भएकाे छ । यात्रुहरुको सुविधा र आपूर्ति व्यवस्थालाई सहज बनाउन बाढी पहिरो र अन्य विभिन्न कारणले विग्रे भत्किएका स्थानीय स्तरका सडक पुल कल्भर्टहरु मर्मत सम्भार गरी वडादशैं, तिहार जस्ता ठूला चाडपर्वहरु अगावै सञ्चालनमा ल्याउने व्यवस्था गर्न सम्बन्धित  स्थानीय तहलाई अनुरोध गर्ने  निर्णय पनि गरेकाे छ । त्यस्तै बाढी पहिरोको कारण मध्यपहाडी लोकमार्गको विभिन्न स्थानमा क्षतिग्रस्त सडक मर्मतसंभार गरी सुचारु गराउन मध्यपहाडी लोकमार्ग आयोजनालाई अनुरोध गर्ने  निर्णय भएकाे छ ।

वैठकले सम्वन्धित यातायात कम्पनी र समितिले आफ्नो रुट अनुसारको भाडादर सबै यात्रीहरुले देख्ने गरी सवारी साधन र टिकट काउन्टरमा समेत अनिवार्य टाँस्ने व्यवस्था मिलाउने, सबै  यातायात व्यवसायी प्रा.लि. हरुले हरेक यात्रीहरुको अन्तिम गन्तब्य समेत उल्लेख गरी टिकट काट्ने अनिवार्य व्यवस्था गर्ने र कुनै पनि अवस्थामा क्षमता भन्दा बढी यात्रु नराख्ने निर्णय वैठकले गरेकाे छ ।

नेपाल सरकारबाट तोकिएको भाडादर लागू भए नभएको  सम्बन्धमा ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायी प्रा.लि.ले अनुगमन गर्ने र सो अनुसार नभएको भएमा तत्काल कडा कारवाही गर्ने निर्णय भएकाे छ। साथै तोकिए भन्दा बढी भाडा लिइएको अवस्थामा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा खबर गर्न प्रशासनले अनुराेध गरेकाे छ ।

बडादशै तथा दिपावलीको अवसरमा यात्रुहरुको सुविधालाई ध्यान दिइ जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाको पाउंदीबजार, बेशीशहरको शेराचोक र मनाङ चौतारोमा यात्रु हेल्प डेक्स सञ्चालन गर्ने । यात्रुहरुको चाप हुन अन्य स्थानहरुमा स्थानीय प्रहरी कार्यालय, स्थानीय तह र सामुदायिक सेवा केन्द्रको समन्वयमा हेल्पडेक्स सञ्चालन गरी यात्रुहरुको आवातजावतलाई सहजीकरण गर्ने निर्णय पनि भएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *