सुन्दरबजारमा जाँड रक्सी तथा जुवातास नियन्त्रण अभियान सुरु

शान्ता कमली

बेसीशहर, असाेज १४ ।

जाँड रक्सीका कारण समाजमा धेरै नकरात्मक असर परेकाे भन्दै सुन्दरबजार नगरपालिका वडा नम्बर २ मा रक्सी-जाँड तथा जुवातास नियन्त्रण अभियान सुरु गरेको छ । समाजकाे विकृति विसंगति न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्न उक्त अभियान सुरु गरिएको वडाअध्यक्ष जगतबहादुर खड्काले बताए ।

‘पछिल्लो समय वडामा रक्सी–जाँड सेवनकै कारण घरेलु हिंसाका घटना बढे । घरपरिवार, समाजमा अशान्ति फैलियो’ उनले भने, ‘सामाजिक विकृति-विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीले अभियान सुरु गरेका हौँ ।

बिहान ५ देखी साँझ ७ बजेसम्म सार्वजनिक स्थलमा रक्सी किनबेच र सेवन गर्न पाइने छैन । ‘कसैले नियम उल्लंघन गरे कारबाही हुन्छ,’ उनले भने, ‘नियम उलंघन गरे पहिलोपटक बेच्नेलाई ५ सय र पिउनेलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ ।’

एकै व्यक्तिले ३ पटकभन्दा बढी रक्सी खाएको भेटिए ५ हजार जरिबाना तोकिएको छ । त्यसपछि पनि अटेर गरी नियमको उल्लघंन गरेको पाइए कारबाहीका लागि प्रहरीलाई बुझाइने खड्काले बताए ।

अभियानले समाजमा विकृति–विसंगति कम हुने स्थानीय शान्ता भुजेलले बताइन् । उनले भनीन् ‘रक्सी खाएर, जुवातास खेलेर आउने अनि घरमा महिलाहरुलाई कुटपिट गर्नेजस्ता घटना यस अभियानकै कारण कम हुनेछ ।’

अभियानलाई तिलक स्मृति युवा क्लब, प्रगतिशिल महिला सञ्जाल लगायत स्थानीयले साथ दिएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *