मृगाैला राेगीलाइ हङकङ सेवा समितिकाे ३ लाख सहयाेग

बेसीशहर, असाेज १६

मृगौला सम्बन्धी राेगबाट ग्रस्त बेसीशहर नगरपालिका वडा नं. २ नरुवलका ४६ वर्षीय मनबहादुर थापालाई लमजुङ सेवा समिति हङकङले अार्थिक सहयाेग गरेकाे छ ।

लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घलेले अाइतबार थापाकाे उ पचारका लागि ३ लाख १५ हजार ८ सय ७० रूपैयाँ हस्तान्तरणा गरेका छन् । समितिका सल्लाहकार सत्यप्रसाद घले, सम्पर्क समिति लमजुङका संरक्षक जमीन्द्रमान घले सदस्य मीना गुरूङ लगायतकाे राेहबरमा आइतबार  सहयोग रकम हस्तान्तरण गरिएकाे हाे ।

थापाकाे दुवै मृगाैलाले काम नगरेकाले मृगाैला प्रत्याराेपणा गर्नु पर्ने छ । त्यसका लागि ९ लाख रूपैयाँ खर्च लाग्ने भएकाले खर्चकाे जाेहाे कसरी गर्ने भन्ने चिन्ता भइरहेका बेला हङकङबाट सहयाेग अाए पछि उनकी श्रीमति शान्ता थापालाइ राहतकाे अनुभव भएकाे छ ।

अार्थिक सहयोग पाएपछि उनले हङकङबासी लमजुङे दाजु भाइहरूलाइ धन्यवाद पनि दिएका छन् ।

लमजुङ सेवा समिति हङकङले यस्तै विरामी भएर उपचारमा कठीनाइ भाेग्दै अाएका लमजुङबासीलाइ सहयाेग गर्दै अाएकाे छ । जिल्लाका विभिन्न भागमा एम्बुलेन्स खरिद गर्न पनि सहयाेग गर्दै अाएकाे छ । दुइ साता अघि मर्याङ्दी गाउँपालिकामा भबाढीपहिरोबाट मृत्यु भएका ५ जनाका परिवारलाई १०/१० हजार र गाउँपालिकाको विपद् कोषमा ५० हजार रुपैयाँ प्रदान गरिएको संरक्षक घलेले बताए । उनका अनुसार यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा हङकङमा संकलित १० लाख रुपैयाँ प्रदान गरिएको थियो ।

बेंसीसहरको सहजी खेल मैदान निर्माणका लागि ८ लाख र मस्र्याङदी युवा क्लवको एम्बुलेन्स खरिदनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग दिइएको उनले बताए ।

सविच घलेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १८ लाख ७४ हजार २ सय २१ रुपैयाँ रकम मृगौलाबाट पीडित साथै अन्य समस्या भएका लमजुङेलाई सहयोग गरिएको छ ।

हङकङमा विभिन्न कार्यक्रमआयोजना, त्ब्यहाँका लमजुङे दाजुभाइसंग ब्यक्क्तगत चन्दा संकलन लगायत गरी लमजुङ सेवा समिति हङकङले संस्थागत सहयोग गर्दै आएको छ । सचिव घलेले बताए अनुसार लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङको नाममा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरि साे को ब्याजबाट गरीब, दलित तथा विपन्न परिवारलाई राहत, उपचार तथा छात्रावृत्ति प्रदान गरिँदै आएको छ ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *