लमजुङमा लागु औषध सहित दुईजना पक्राउ

शान्ता कमली
लमजुङ १५ असोज
जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीका क्रममा सुन्दरवजार नगरपालिका सिउँडीबारबाट बेसीशहर नगरपालिका ६ हाइस्कुलचोकका वर्ष २७ का मनोज गुरुङ र मस्र्याङ्दी गाउँपालिका ७ भुलभुलेका वर्ष १७ का विकास घलेलाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार साझ साढे ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डुम्रेबाट बेसीशहर तर्फ आउँदै गरेका मनोज गुरुङकोे साथबाट इन्फाडोल क्याप्सुल ७०० , सिरिन्ज १ थान र नगद एघार हजार तीन सय ३० र बिकाश घलेको साथबाट १ थान सिरिन्ज बरामद गरेको छ । त्यस्तै प्रहरीले बेसीशहर न.पा. वडा नं. ७ हाईस्कुल चोकमा मनोज गुरुङको कोठा खानतालसी गर्दा नुफिन २५ थान, फेनारगन २५ थान, सिपाम २५ थान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गरी कारवाहि अघि बढाईने प्रहरी नायव उपरिक्षक ढकालले बताए । उनीहरुलाई सोमबार जिल्ला अदालतबाट हिरासतमा राखी थप अनुसन्धान गर्न पहिलो पटक ६ दिनका लागी म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुद्धाफाटका प्रहरी जवान दिपक गीरीले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *